२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सप्तरीमा पनि भेटियो २ जनामा कोरोना संक्रमण

सप्तरीमा पनि भेटियो २ जनामा कोरोना संक्रमण

सप्तरी । सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेका छन् । भारतको दिल्लीस्थित निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा दुई जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको हो ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको हो । आठ जनाको समूहमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाइएपछि सात जनाको मङ्गलबार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब परीक्षण गरिएको हो ।

अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको छ । पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्‍वारेन्टाइनमा राखिनेछ । पोजिटिभ र नेगेटिभ रिपोर्ट आएका ७ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

आजै काभ्रेमा २ जना र धादिङमा १ जनामा पनि र्‍यापिड टेस्ट गर्दा पोजेटिभ पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij