दाङ–जिल्ला प्रहरी कार्यालय दाङले सामाजिक सञ्जाल फेसवुकमा भ्रामक सूचना पोष्ट गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
नोवेल कोरोना भाइरस(कोभिड–१९)को संक्रमित बिरामी दाङमा फेला परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेर भ्रम सृजना गरेको अभियोगमा घोराही उपमहनागरपालिका वडा नं. १५ निवासी २८ बर्षीय दिपक न्यौपानेलाई पक्राउ गरिएको छ।
प्रहरी प्रवक्ता सुमित खड्काका अनुसार तथ्यहिन, भ्रामक सूचना फेसवुक मार्फत पोष्ट गरेर मानिसलाई आतंकीत पारेको अभियोगमा न्यौपानेलाई पक्राउ गरिएको र अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij