कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित भएका इटाली र फ्रान्समा दैनिक रुपमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या कम हुँदै गएको छ ।
इटालीमा आइतबार कोभिड–१९ बाट ४३१ जनाको ज्यान गएको छ । गएको मार्च १९ यता एक दिनमा सबैभन्दा कम मानिसको ज्यान गएको हो । इटालीमा शनिबार ६१९ जनाको ज्यान गएको थियो ।
यस्तै फ्रान्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत मध्ये आइतबार ३१५ जनाको मृत्यु भएको छ । अघिल्लो दिन ३४५ जनाको ज्यान गएको थियो ।
इटालीमा अहिलेसम्म १९ हजार ८९९ तथा फ्रान्समा १४ हजार ३९३ जनाको ज्यान गएको छ।
विश्वभर हालसम्म एक लाख १४ हजार २७० जनाको ज्यान गएको छ । संक्रमितको संख्या विश्वमा १८ लाख ५३ हजार भन्दा धेरै छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij