२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सिडेन कार्यसमितिबाट वायोमेडिकल बुथ निर्माण गरी विपि कोइराला स्वास्थ्य प्रतिष्ठानलाइ हस्तान्तरण|

सिडेन कार्यसमितिबाट वायोमेडिकल बुथ निर्माण गरी विपि कोइराला स्वास्थ्य प्रतिष्ठानलाइ हस्तान्तरण|

मिति २०७६-१२-२९ गते सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) प्रदेश नं १ ले एक थान वायोमेडिकल बुथ निर्माण गरि विपि कोइराला स्वास्थ्य प्रतिष्ठान  धरानलाई प्रदान गरेको छ। वुथ निर्माण गर्न तीन सदस्यीय प्राविधिक टोली गठन गरीएको थियो ।

प्राविधिक टोलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर मधुकर वस्नेतसंग समन्वय गरी वायोमेडिकल वुध निर्माण गरेको हो ।

क्षेत्र नं १ का सिडेन उपाध्यक्ष उमेश तुम्वाहाडले नेतृत्व गरेको प्राविधिक टोलीमा कोषाध्यक्ष ई.ईश्वर तामाड र ई महेश धिताल सदस्य रहेका थिए ।

वायोमेडिकल वुथको विशेषता  निम्नानुसार छन् ।
 यो वुथ पुर्ण रुपमा एर सिल गरिएको छ । यसमा भित्रक किटाणु मार्न सक्ने गरी युभि लाइटको प्रयोग गरिएकाे छ भने वोल्नका लागी पोर्टेवल स्पिकर र माइकको प्रयोग गरिएकाे छ । चक्काकाे प्रयाेग गरिएकाे यस बुथमा भित्रको आवस्यक हावाका लागि करिव १५ फिट परको  मात्र हावा पाइपद्वारा तान्न मिल्ने गरी व्यवस्था गरिएकाे छ ।
प्रविधिक टोलीसंग समन्वयन गरेर नेपाल इन्जिनियर्स एसोसिएसन (नेइए) प्रदेश नं १ ले सोही डिजाइन र मोडल अनुसार अर्को वुथ पनि निर्माण गरेकाे थियाे ।
विपी प्रतिष्ठानका निर्देशक डा.गौरी संकार साह र नेइए प्रदेश न १ का अध्यक्ष यश्वन्त विक्रम साहको उपस्थितिमा उक्त दुइवटा वुथ हस्तान्तरण गरीएको हो । स्वाव संकलन गर्न यस वुथले डाक्टरलाई सहज हुनुकाे अलावा जोखिम नहुने अस्पतालका निर्देशक गौरी संकर शाहले बताउनुभयो।

प्रतिष्ठानका डाक्टर मधुर बस्नेतले विरामीसंग प्रत्यक्ष सम्पर्क नहुने साथै हावा पनि भित्र छिर्न नपाउने भएकाले संक्रमणको जोखिम कम हुने र स्वस्थ्यकर्मीलाई माक्स मात्र लगाएर वुथ भित्रवाट स्वाव संकलन गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij