चि्ल्ड्रेन हेराल्ड एकेडेमी, तारकेश्वरका प्रिन्सिपल कमल ज्ञवालीले अभिभावक, विद्यार्थी र शिक्षकहरुहरुलाई सम्बोधन गर्दै अहिलेको कोरोना भाइरस विरुद्ध लड्न तयार हुनुपर्ने भिडियो सन्देश फेसबुक मार्फत सार्वजनिक गर्नुभएको छ ।
विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अवलम्बन गर्न आग्रह गरेका नीतिहरु अबलम्बन गर्नुपर्नेमा जोड दिँदै ऊहाँले यस तर्फ सबै सावधान हुनुपर्नेमा जोड दिनुभएको छ ।
ऊहाँले आफ्नो भिडियो सन्देशमा यताउता अनावश्यक हिँडडुल नगर्न आग्रह गर्दै नियमित हात धुने तथा अन्य व्यक्तिगत सरसफाइमा जोड दिने लगायतका सामान्य बानीव्यवहारको परिवर्तनले कोरोना विरुद्धको लडाईमा सफलता हासिल गर्न सकिने प्रति सम्बन्धित सबै पक्षलाई विशेष सचेत गराउनुभएको छ ।
यसको अलावा अहिलेको समयमा घरबाट नै विद्यार्थीलाई अध्ययन लगायत अन्य सृजनशिल काममा संलग्न हुन समेत आग्रह गर्नुभएको छ । यसको लागि पुस्तक पढ्ने, ज्ञानमूलक र प्रेरक भिडियो सामाग्रीहरु हेर्न, घरायसी काममा अभिभावकहरुलाई सहयोग गर्ने लगायतका कार्यहरु उपयुक्त हुने ऊहाँको धारणा छ । यसैगरी अन्य सृजनशिल कार्यहरुको लागि विभिन्न अनलाइन माध्यमबाट जानकारी लिन सकिने, विभिन्न टेलिभिजनबाट प्रस्तुत हुने ज्ञानवद्र्धक सामाग्रीहरु नियमित रुपमा हेर्न सकिने बताउनुहुन्छ ।
खासगरी एसइइको तयारीमा रहेका विद्यार्थीहरु अन्य गतिविधिको अलावा बढी समय आफ्नो अध्ययन प्रति नै सचेत रहनुपर्नेमा ज्ञवाली विशेष जोड दिनुहुन्छ । लकडाउनको समयमा विद्यार्थीको अध्ययन गर्ने बानीमा कमी नआओस् भन्ने मान्यताले चिल्डे«न हेराल्ड एकेडेमीले समय–समयमा विद्यार्थी तथा अभिभावकहरुलाई विभिन्न सूचनाहरु प्रदान गर्दै विद्यार्थी तथा अभिभावकहरुलाई थप सचेत गराउँदै आएको समेत बताउनुभएको छ । अहिलेको अवस्था विशेष संवेदनशिल रहेको कारण पहिलो प्राथमिकता आफ्नो स्वास्थ्यमा नै हुनुपर्नेमा ऊहाँको विशेष आग्रह छ ।
अहिले विद्यार्थीहरुको अध्ययन सुचारु हुन नसक्दा ठूलो नोक्सानी भएको कुरालाई लक्षित गर्दै सहज वातावरण बन्ने बित्तिकै अहिलेको नोक्सानी समेत परिपुर्ति हुनेगरी विद्यालयबाट विशेष रणनीतिको साथ अध्ययन अध्यापन कार्यलाई नियमित गरिने समेत प्रिन्सिपल ज्ञवालीले बताउनुभएको छ ।
यसको अलावा स्वअध्ययनको क्रममा कुनै समस्या आइपरेको खण्डमा परिवारका बुबाआमा, दाजुभाइ तथा विद्यालयका आफ्ना विषयगत शिक्षकहरुसँग आवश्यक परामर्श लिन सकिनेमा समेत आश्वस्त पार्नुभएको छ ।
नयाँ बर्ष २०७७ को अवसरमा सबै विद्यार्थी, अभिभावक र शिक्षकमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर सफलताको कामना गर्दै उच्च मनोवल विकास गर्न र कठिन परिस्थितिमा पनि धैर्यधारण गर्न विशेष आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij