२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

स्थानीय निकायहरुमा ग्यास प्रयोगमा सचेतनामुलक कार्यक्रम आवश्यक

स्थानीय निकायहरुमा ग्यास प्रयोगमा सचेतनामुलक कार्यक्रम आवश्यक

चन्द्र थापा, वरिष्ठ उपाध्यक्ष, ग्यास विक्रेता महासंघ नेपाल

पछिल्लो समय नेपालका ग्रामीण क्षेत्रहरुमा समेत एलपिजी ग्यासको प्रयोग बढ्दै गएको छ । यद्यपि ग्यास प्रयोगको क्रममा सचेतना अपनाउन नसक्दा दुर्घटना बढ्ने क्रम समेत बढेको छ । ग्यास प्रयोगको सम्बन्धमा सम्बन्धित पक्षबाट प्रयाप्त सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको अहिलेको अवस्थामा स्थानीय निकायहरुले समेत यस्ता सचेतनामूलक कार्यक्रमहरु सञ्चालनमा विशेष चासो राख्नुपर्ने आवश्यकता छ ।

ग्रामीण क्षेत्रमा समेत दाउराको उपयोग घट्दै गएको अहिलेको परिप्रेक्ष्यमा ग्यास सरल माध्यम समेत हो । यद्यपि ग्यास जस्तो संवेदनशिल वस्तुको प्रयोग बारे गम्भीर बन्दै सचेतनामूलक कार्यक्रम सञ्चालनलाई सम्बन्धित निकायहरुले विशेष चासोका साथ अघी बढाउनु जरुरी रहन्छ ।

समयमा नै यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सकेको खण्डमा यसले सम्भावित दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका रहन्छ ।

ग्यासबाट हुन सक्ने दुर्घटनामा यससँग सम्बन्धित उपकरणहरु (ग्यास चुल्हो, रवड पाइप, रेगुलेटर लगायत)को समेत विशेष भुमिका रहने कुरालाई विचार गर्दै आधिकारिक डिलरबाट ग्यास खरिद गर्ने तथा गुणस्तरीय सामाग्री प्रयोगबारे पनि सचेतनामूलक कार्यक्रमहरु केन्द्रित हुनु जरुरी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij