२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गुरु-शिष्यकाे सम्बन्ध अमर रहाेस् ….

गुरु-शिष्यकाे सम्बन्ध अमर रहाेस् ….

नारायण प्रसाद पन्त

 

सुनसरी जिल्ला अदालतले सद्गुरूदेवलाई गत साेमबार ३ लाख धराैटीमा छाड्न आदेश दिए लगत्तै एकातिर शिष्य र साधकहरू सत्यकाे जित भाे ! न्यायकाे महसुस भाे ! भन्दै गदगद् खुशी भए भने अर्कातिर षड्यन्त्रकारीहरू सल्बलाउन र रूवाबासी गर्न थालिहाले । षड्यन्त्रका मतियारहरूकाे घिनलाग्दाे मिडियाबाजी शुरू भाे ! उनीहरूले असन्तुलित अभिव्यक्तिहरू दिन थाले । अफ्नाे दुस्साहस दुर्घटनामा परेकाे देखेर अपराधीहरूकाे सन्तुलन गुम्याे । उनीहरू अदालत, कानून र विधिका विरूद्ध समेत बिषवमन गर्न थाले । संविधान र कानूनकाे धज्जी उडाउने काम गर्न थाले । शिष्यहरू भने आफ्ना निर्दाेष गुरूलाई एउटा आपराधिक गिराेहले संसारलाई नै भ्रमित बनाई फसाउन खाेजेकाेमा अत्यन्त चिन्तित देखिन्थे । “हाम्राे गुरु हाम्रो देश, प्राणभन्दा प्याराे छ” भन्दै देश-विदेशबाट समेत सुनसरीतर्फ शिष्यहरू आर्लिए । गुरूलाई न्याय दिलाउन प्राण र घरबारलाई नै बिर्सिएर दाैडिएका साधकहरूकाे समूह सडकमा बसेर सभ्य, शिष्ट र भक्तिपूर्वक भजन गर्न थाल्याे ।

श्रीराम जय राम जय जय रामकाे भजनकीर्तन देखेर अदालत वरिपरिका बासिन्दाहरूले समेत कानेखुशी गर्न थाले- “सिद्धबाबा निर्दाेष नै रहेछन् शिष्यहरू ज्यानै फालेर आए” ! जानकी माताका प्रतिमुर्ति स्वरूप दिदीबहिनी र आमाहरू समेत आएकाे देखेर सुनसरीले अलि शान्तिकाे महसुस गर्याे । उता काैरव पक्ष अर्थात षड्यन्त्रकारीहरूतिर रातमा निद्रा र दिनमा भाेक नै हराउँदै थियाे । हार हुने डरले हाहाकार गरी षड्यन्त्रका तानाबानाहरू बुनिंदै थिए । भक्त समाजका अगाडि भाडाका मुठ्ठीभर मान्छेहरू पनि थुप्रिए । अनि, घिनलाग्दा र चर्का नाराबाजीहरू भट्याउन लागे । दुवै पक्षलाई संसारले देख्याे, सबैकाे मन-मस्तिष्कले एउटै ठहर गर्याे कि “सिद्धबाबामाथि षड्यन्त्र भएकाे रहेछ” ! संसारबाट र सडकमै देख्ने र हेर्नेहरूले समेत मनमनै फैसला गरे- “सिद्धबाबाले न्याय पाउनैपर्छ” । देश-दूनियाँले अदालतकाे   देशलाई अधैर्यतापूर्वक कुरेकाे थियाे । साेमबारकाे दिन थियाे, त्याे । साेमबारलाई शिवजीकाे बार पनि मानिन्छ । हामी षड्यन्त्र हुने डर र शिवजीकाे भरमै थियाैं । किनकि एक साधककहाँ साक्षात् शिवजी आई अलि पहिले नै भन्नुभएकाे थियाे- “गुरूमाथिकाे षड्यन्त्र असफल हुन्छ” । अदालतले न्याय दिन्छ भन्नेमा हामी ढुक्क थियाैं । गुरूकाे, हाम्राे र सत्यकाे जित सुनिश्चित जस्तै थियाे । हामी निर्दाेष हुनुकाे नाताले पहिले नै विश्वत बनेका थियौं । अदालतकाे आखा, नाक, मुख र कान पनि छ ।

“अपराधकाे पक्षमा अदालत कहिल्यै हुन्न” भन्ने हामीलाई राम्ररी थाहा थियाे । षड्यन्त्रकारीहरूकाे प्रभाव र पहुँच राज्य र अदालतले लिने निर्णयसम्म पुग्छ भन्नेमा हामी कसैलाई विश्वास हुने कुरै भएन । सद्गुरूदेवलाई झुटाे र मिथ्या अाराेप लगाएकाे दिन देखि नै हाम्रा लागि प्रत्येक पल प्रलय समान बनेकाे थियाे । गुरूभक्तिले आतप्राेत बनेका आम साधकहरू षड्यन्त्रको सामना र मुकाबिला गर्न र गुरूका न्यायका निम्ति मर्न समेत तयार थिए । महायाेग साधक परिवार एकढिक्का र एकजुट थियाे । साना-साना भाइबहिनीहरू समेत याे भ्रम हटाउन कम्मर कसेर सडकमा निस्किएका थिए । उमेरले कच्चा देखिए पनि उनीहरूकाे भक्तिभाव अत्यन्त सच्चा थियाे । साेमबार बिहानैदेखि प्रत्येक घण्टा, मिनेट र सेकेन्डकाे समेत कठिन प्रतीक्षा चलिरहेकाे थियाे । अदालती प्रक्रियाले हुने ढिलाइलाई कुर्न पनि हामीलाई हम्मे-हम्मे परिरहेकाे थियाे । “प्राप्त प्रमाणहरूकाे अाधारमा सिद्धबाबा निर्दाेष देखिनु भएकाेले रू. ३ लाख धराैटी राखी रिहा गर्नु” भन्ने अादेश सुनसरी जिल्ला अदालतबाट जब अायाे, अनि आनन्दकाे सीमै रहेन । हामीले सत्य र न्यायकाे जित भएकाे महसुस गर्याैं । तर, हाम्रा विपक्ष अर्थात षड्यन्त्रकारीहरूकाे जमातले चाहिँ असत्यले हारेकाेमा आफ्नाे अपराधलाई स्वीकार्न पनि सकेनन् । हामी अदालतलाई सम्मान गर्नतिर लाग्याैं, उनीहरू बदनाम गर्नतिर लागे । उनीहरू लाज लाग्ने र कान नै थुन्नुपर्ने गरि हिजोआज समेत चलखेल र जालझेल गरिरहेका छन् । मिडियाबाजीमा मस्त छन् । घिनलाग्दाे र मनलाग्दी लेखिरहेका छन् । नेपालका केही पत्रकार र मिडियाहरूलाई दुनियाँले चिन्ने र जान्ने माैका पाएका छन्, यतिखेर । यहाँका केही प्रकाशक, पत्रकार र पत्रिकाहरूकाे असली चिन्तन र चरित्र थाहा भइरहेता पनि याे केसमा उनीहरूले पस्किएकाे सफेद् झुट र भ्रमले आफ्नै कद घटाइरहेका छन् । अाफ्नै खुट्टामा बन्चराे हानिरहेका छन् । षड्यन्त्रको पक्षमा मिडियाहरूकाे दूरूपयाेग गरी अपराधीहरूलाई साथ दिइरहेका छन् । नेपाली मिडियाप्रति जनताकाे विश्वास र भराेसा कमजाेर बन्दै गइरहेकाे छ । अदालतकाे निर्णयलाई समेत नमानी उनीहरूले आफुलाई नंग्याएका छन् । दिनहुँ भ्रम छरिरहेका छन् । जे मन लाग्याे, त्यही लेखिरहेका छन् । षड्यन्त्रकारीहरूलाई उचाल्न लागिरहेका छन् । याद् रहाेस्- सत्यहरू छाेपेर चलाइएका यी झुट, भ्रम र हल्लाहरू अदालतकाे पूर्ण फैसला आएपछि बेलुनजस्ताे फुस्स हुनेछ ! गुरूदेवकाे, हाम्राे र सत्यकाे जित, सुनिश्चित छ । सीताराम !! गुरूगाेविन्दकाे जय हाेस् । गुरु-शिष्यकाे सम्बन्ध अमर रहाेस् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij