२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

चीनसित अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि बाटो खुल्ला

चीनसित अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि बाटो खुल्ला

११ पुस, काठमाडौं । नेपाल र चीनबीचको अन्तरदेशीय प्रसारणलाइनको निर्माणको थप प्रक्रिया अघि बढ्ने भएको छ । दुबै देशले आ–आफ्नोतर्फका भूभागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत सम्भाब्यता अध्ययन अघि बढाउने सहमति गरेका छन् ।

नेपाल चीनबीचको संयुक्त ऊर्जासम्बद्ध प्राविधिक समिति बैठकमा यस्तो सहमति भएको हो । प्राविधिकस्तरमा संयुक्त रुपमा परियोजनाको विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण र स्टेट ग्रिड कर्पोरेशन अफ चाइनाबीच छलफल भएको थियो । दुई देशका ऊर्जा सचिवस्तरको बैठकमा थप छलफल हुनेछ । सोही समितिले यो प्रसारणलाइन निर्माण प्रक्रिया अघि बढाउनेबारे अन्तिम निर्णय गर्ने विद्युत प्राधिकरणले जनाएको छ ।

चीनले यसअघिका छलफलहरुमा प्रसारणलाइन निर्माणका लागि सम्भाब्यता अध्ययन गर्नुअघि नै लगानी मोडालिटी टुंग्याउन प्रस्ताव गर्दै आएको थियो । उसले उच्च क्षमताको अन्तरदेशीय प्रसारणलाइन पूर्ण अनुदानमा बनाउन नसकिने बताउँदै आएको छ । जसका कारण अध्ययन प्रक्रियासमेत अल्झिएको थियो । अब भने अध्ययनको माडालिटीमा परेको गाँठो फुकेको छ । दुबै देशले आफ्नो आफ्नोतर्फका लाइनको विस्तृत अध्ययन गर्नेछन् । भारतबाहेकको मुलुकसँग अहिलेसम्म प्रशारणलाइन सम्झौता नेपालले गरेको छैन ।

सन् २०१६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनसँग अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने समझदारी भएको थियो । त्यसअनुसार दुईपक्ष अहिलेसम्म छलफलमै छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij