पुस ५ गते शनिबार बुटवलमा ग्रील तथा स्टील ब्यवसायी संघ रुपन्देहीको आठौं साधारण सभा तथा चौथो अधिबेसनको उदघाटन गर्दै ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सबै अबैध ग्रील उधोगलाइ कानुनी दायारामा ल्याइ ब्यवस्थित र मर्यादित बनाइ ब्यवसायिकता तर्फ अगाडि बढाउन अाग्रह गर्नुभयाे ।

यस कार्यमा महासंघ लागेको बताउँदै ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी उपकरणको प्रयोग गरि बढ्दो दुर्घटना कम गर्न उहाँले सचेतना अपनाउने बारे सराेकारवालाहरुलाइ निर्देशन दिनुभयो।
कार्यक्रमका साभापति नारायण पाठकले व्यापक जनचेतना पुर्याएर मात्र सामाजिक सुरक्षा कोषमा सहभागिता जनउन सकिने बताउनुभयो भने रुपन्देहीका संस्थापक अध्यक्ष अशोक बर्माले ग्रील ग्रामको ब्यवस्था गरि सबै ग्रील उध्योगलाइ ग्रील ग्राममा राख्ने ब्यवस्था मिलाउन आग्रह गर्नुभयाे।
देशभरी सन्चालित ११ हजार भन्दा बडी ग्रील तथा स्टील उध्योग ब्यवसायले करिब १ लाख ६० हजारलाइ रोजगारी दिंदै आएको बारे समेत चर्चा भएकाे थियाे ।
साथै बुटबलमा सम्पन्न उक्त अधिबेसनले तुल बहादुर सारुको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। जस्को-वरिष्ठ तुल्सि खनाल, प्रथम उपाध्याक्ष मोहन भट्टराई , द्वितिय उपाध्याक्ष प्रितम भण्डारी , महासचिब राम प्रसाद पाण्डे , कोषाध्याक्ष दिल बहादुर सुनार, सचिब श्री धुर्बमणी ज्ञवाली , सह-कोषाध्याक्ष टोप बहादुर पन्थी, सदस्यहरु बिनय खनाल , कृष्ण पोखरेल, करुणा सागर पाण्डे, बुद्धि गुरुंग, सन्दिप सापकोटा , लेखा समिति संयोजक बिक्रम बिश्वकर्मा , सदस्यहरु रामचन्द्र गौतम, सुर्य ढुंगाना लगायत रहेका छन् ।