काठमाडौं । प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक छन् ।
अपहरण गरेर टोखा–९, शान्ति टोलस्थित होटल ब्लू स्टारको कोठा नं. ४०४ मा लगेर बन्धक बनाइएको थियो । बन्धक बनाएर तीन लाख रुपैयाँ फिरौती माग गरिएको थियो ।
प्रहरले बन्धक बनाएर राखेको होटल सञ्चालकलाई पनि लापरबाही गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेका हो । हाल उनको नाम खुलाइएको छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij