२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

दुगड समूहकाे नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा

दुगड समूहकाे नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा

के. एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादन ज्ञान भूजा नेपालीबजारमा ल्याएको छ ।

के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलप्रा.लि.बाट उत्पादितज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ ।

ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमाउपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्तामाझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनी विश्वस्त रहेको छ ।

उत्कृष्ट खाद्य पदार्थ उत्पादन गरेवापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा स्वच्छ र गुणस्तरीय खाद्य पदार्थहरु उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरु मध्ये विकास फ्लोर मिल प्रा.लि.लाई उत्कृष्ट उद्योगको रुपमा सम्मानित गरिसकेको छ ।

ज्ञान भूजा नेपाल अधिराज्यभरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ । 

विकास फ्लोर मिलप्रा.लि.ले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराइआएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij