२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपालमा प्राविधिक शिक्षाको सम्भावना राम्रो छः ई यादब

नेपालमा प्राविधिक शिक्षाको सम्भावना राम्रो छः ई यादब

नेपालमा लामो समय देखि इन्जिनियरिङ क्षेत्र अन्तरगत मूल्याङ्कनकर्ताको रुपमा संलग्न रहँदै आउनुभएका रामरतन यादब सीपमूलक तालिमहरु सञ्चालन गर्ने कार्यमा समेत लामो समय देखि संलग्न रहँदै आउनुभएको छ । नेपाली युवाहरुलाई सीपयुक्त र स्वरोजगार बनाउन सहयोग पुग्ने योजनाको साथ सञ्चालन गरिँदै आएका यस्ता तालिमहरु निकै नै प्रभावकारी समेत भएका छन् । विगत १६ बर्ष देखि नेपालमा सीपमूलक तालिमहरु समेत सञ्चालन कार्यमा संलग्न रहँदै आउनुभएका यादव आफू मातहत सञ्चालित नेपाल चौतारी टेक्निकल इन्ष्टिच्युटबाट हाल बार्षिक करिब ७ सय व्यक्तिहरुलाई तालिम प्रदान गरिँदै आइएको बताउनुहुन्छ । उहाँका अनुसार सिटिइभिटी अन्तरगत सञ्चालन गरिएका छोटो अवधिका यस्ता तालिमहरुले थुप्रै नेपाली युवाहरुको जीवन बदलिदिएको छ ।

सन् १९९७ मा भारतको हैदरावाद स्थित रिजनल इन्जिनियरिङ कलेजबाट विई तहको अध्ययन पूरा गर्नुभएपश्चात् धितो मूल्याङ्कन सम्बन्धी कार्यमा संलग्न रहँदै रहँदै आउनुभएका यादब पछिल्लो समय नेपालमा मूल्यांकन क्षेत्र व्यवस्थित बन्दै गएको बताउनुहुन्छ । साथै अहिले सम्म आइपुग्दा धितो मूल्यांकन क्षेत्र काठमाडौं उपत्यकामा मात्र सीमित नभई उपत्यका बाहिर समेत विस्तार हुँदै गएको समेत यादवले बताउनुभयो ।

नेपालमा मूल्याङ्कन क्षेत्रको अवस्था 
नेपालमा मूल्यांकन क्षेत्रमा काम गर्ने व्यवसायी र बैंकहरु बीच विभिन्न किसिमका समस्याहरु समेत अहिले पनि कायमै रहँदै आएका छन् । इन्जिनियरिङ कन्सल्ट्यान्टहरुको नेपाल भ्यालुयर्स संघ र बैंकर्स संघ बीच भएका सहमति सबै बैंकहरुले अक्षरसः पालना नगरेको कारण अहिले यस्ता समस्याहरु आउने गरेका छन् । यसमा एकरुपता ल्याउनको निम्ति नेपाल राष्ट्र बैंकले समेत प्रभावकारी ढङ्गले काम अघी बढाउन लागेको हामीले जानकारी पाएका छौँ ।

नेपाल जस्तो देशको लागि प्राविधिक एवं सीपमूलक तालिम निकै नै आवश्यक छ । यद्यपि अहिलेको अवस्थामा पनि यस्ता कार्यक्रमहरु प्रयाप्त मात्रामा सञ्चालन गर्न सकिएको छैन । अहिले एकातिर नेपालमा पनि प्रयाप्त मात्रामा दक्ष जनशक्ति उपलब्ध हुन नसकेको कारण नेपालमा सञ्चालन गरिने विकास कार्यहरुको निम्ति विदेशबाट दक्ष जनशक्ति ल्याएर काम गराउनुपर्ने अवस्था छ । यसबाट नेपालको पुँजी बाहिरिइरहेको छ । यसको अलावा नेपालबाट विदेशिने युवाहरु अधिकांश आवश्यक सीप र क्षमता बिना नै वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी कुनै सीप बिना वैदेशिक रोजगारीमा जाने क्रममा उनीहरुले निकै नै जोखिमपूर्ण तवरले काम गर्नुपर्ने अवस्था छ ।

इन्जिनियरिङ अन्तरगत भ्यालुएसन क्षेत्र पनि एक महत्वपूर्ण क्षेत्र हो । पछ्रिल्ला बर्षहरुमा मानिसहरुको बदलिँदो चाहना बमोजिम घर निर्माण अधिकांशको रहरको विषय बनिरहेको छ । जसले गर्दा एकातिर घर निर्माणको सङ्ख्या बढ्दै गएको छ भने व्यवस्थित विकासको लागि राज्य पक्षबाट समेत विभिन्न पहलहरु भइरहेको अवस्थामा मूल्याङ्कर्ता इन्जिनियरको दायित्व समेत थप बढ्दै गएको छ । यसको प्रभाव नेपालका पूर्वीय क्षेत्रमा पनि देखिएको छ ।
बैंक तथा कर्पोरेट संस्थाहरु समेत विस्तार हुँदै गएको अहिलेको अवस्थामा जनकपुर क्षेत्रमा समेत मूल्याङ्कन सम्बन्धी नयाँ सम्भावनाहरु देखिँदै आएका छन् । नगरपालिका लगायत सरकारी निकायले समेत धितो मूल्याङ्कन क्षेत्रलाई विशेष चासोको साथ लिएको छ । हाल जनकपपुर क्षेत्रमा मात्रै करिब ५० ओटा इन्जिनियरिङ कन्सल्टिङ फर्महरु सञ्चालनमा छन् । यसबाट करिब ५ सय व्यक्तिहरुलाई रोजगारी प्र्राप्त भएको छ ।

प्राविधिक शिक्षाको आवश्यकता र सम्भावना 
नेपाल जस्तो देशको लागि प्राविधिक एवं सीपमूलक तालिम निकै नै आवश्यक छ । यद्यपि अहिलेको अवस्थामा पनि यस्ता कार्यक्रमहरु प्रयाप्त मात्रामा सञ्चालन गर्न सकिएको छैन । अहिले एकातिर नेपालमा पनि प्रयाप्त मात्रामा दक्ष जनशक्ति उपलब्ध हुन नसकेको कारण नेपालमा सञ्चालन गरिने विकास कार्यहरुको निम्ति विदेशबाट दक्ष जनशक्ति ल्याएर काम गराउनुपर्ने अवस्था छ । यसबाट नेपालको पुँजी बाहिरिइरहेको छ । यसको अलावा नेपालबाट विदेशिने युवाहरु अधिकांश आवश्यक सीप र क्षमता बिना नै वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी कुनै सीप बिना वैदेशिक रोजगारीमा जाने क्रममा उनीहरुले निकै नै जोखिमपूर्ण तवरले काम गर्नुपर्ने अवस्था छ । जसले गर्दा नेपालीहरु दुर्घटनामा समेत पर्दै आएका छन् । यस्तो कुरालाई विचार गर्दै नेपालमा नै रोजगारीको प्रवद्र्धन तथा वैदेशिक रोजगारीको क्रममा हुन सक्ने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने किसिमले राज्य पक्ष मातहत यस्ता प्राविधिक एवं सीपमूलक कार्यक्रमहरुको थप प्रवद्धन हुनु जरुरी छ ।

व्यापक मात्रामा सीपमूलक कार्यक्रम आवश्यक 
अहिले पनि नेपाली वेरोजगार एवं अदक्ष जनशक्तिहरुलाई लक्षित गरेर आवश्यकता बमोजिमका सीपमूलक कार्यक्रम सञ्चालन गर्न सकिएको छैन । साथै शैक्षिक जनशक्तिमा समेत राम्रो व्यावहारिक क्षमता उपलब्ध नरहेको कारण योग्यता बमोजिम रोजगारी उपलब्ध हुन सकेको अवस्था छैन । यस्तो अवस्थामा नेपालका ग्रामिण क्षेत्रका युवाहरुलाई लक्षित गरी ठूलो मात्रामा सीपमूलक प्राविधिक एवं व्यावसायिक तालिमहरु सञ्चालन गरिनु जरुरी छ । यद्यपि अहिलेको अवस्थामा पनि नेपालमा एकातिर यस्ता कार्यक्रमहरु निकै कम मात्र सञ्चालन गरिएको छ भने अर्कोतिर सञ्चालनमा रहेका कार्यक्रमकोे प्रभावकारिता भने अत्यन्तै न्यून रहेको पाइन्छ ।

विगतमा तालिम प्रदायक संस्थाहरु
विगत करिब १५ बर्ष पहिले भोकेसनल टे«निङ सञ्चालन गर्ने संस्थाहरु निकै कम मात्र थिए । शुरुमा नेपालमा टे«निङ सेन्टर नेपाल, डनबस्को, टे«ड लिंकले यस्ता तालिमहरु सञ्चालन गर्दै आएका थिए । त्यसपश्चात् नेपालको चौथो तथा काठमाडौं उपत्यका बाहिरको पहिलो तालिमप्रदायक संस्थाको रुपमा हामीले नै नेपाल चौतारी टेक्निकल इन्ष्टिच्युट सञ्चालन गरेका हौं । हाल हामीले सिटिइभिटी अन्तरगत सम्बन्धन लिएर यस्ता तालिमहरु सञ्चालन गर्दै आएका छौं । अहिले सम्म आइपुग्दा नेपालका तालिम प्रदायक संस्थाहरु निकै धेरै सङ्ख्यामा सञ्चालनमा आइसकेका छन् । यद्यपि ती संस्थाहरुले प्रदान गरिरहेको तालिमको प्रभावकारिता कस्तो छ भन्ने सम्बन्धमा नियमन र अनुगमन भने हुन नसक्दा ठूलो बजेट मात्र खर्च हुने तर उपलब्धि न्यून रहने अवस्था छ ।

नेपालमा सञ्चालन हुँदै आएका सीपमूलक तालिमहरु 
अहिले नेपालमा कन्स्ट्रक्सन, होटल व्यवस्थापन, मेकानिकल, ओभरसियर, गार्मेन्ट, प्लम्बर लगायत विभिन्न किसिमका तालिमहरु प्रदान गरिँदै आइएको छ । यी तालिमहरु राम्रो तवरले सञ्चालन गर्न सकेको खण्डमा यसबाट छोटो समयमा नै हाम्रो आवश्यकतालाई सम्बोधन गर्ने गरी आवश्यक जनशक्ति उत्पादनमा सहयोग पुग्न सक्छ ।

अन्त्यमा,
अहिले कुनै सरकारी वा निजी संस्थाले जागिर खुलाउने क्रममा समेत उच्च स्तरको शिक्षा प्राप्त गरेका व्यक्तिहरुलाई नै लक्षित गरेको पाइन्छ । यद्यपि हातमा सीप र क्षमता भएको खण्डमा न्यून औपचारिक अध्ययनबाट पनि राम्रो आर्थिक उपार्जन र सामाजिक प्रतिष्ठा हासिल गर्न सकिने अवस्था रहने हुनाले सीपमूलक तालिमहरुको भूमिका अझ महत्वपूर्ण छ । नेपालमा पनि यस्ता तालिमहरुको पहुँच थप विस्तार गर्नु जरुरी छ । अहिले नेपालमा एडिबी, बल्र्ड बैंक, आइफाड, नेपाल सरकार लगायत विभिन्न निकायहरुले यसरी तालिम प्रदान गर्दै आएका भएपनि यस्ता तालिमहरु हाम्र्रो आवश्यकतालाई सम्बोधन गर्ने गरी औचित्यताको आधारमा मात्र सञ्चालन गर्नु निकै नै जरुरी छ । सोहीकारण नेपालमा तालिमको निम्ति लगानी गर्न तयार हुने संस्थाहरुलाई निश्चित मापदण्डमा ल्याएर सोही बमोजिम तालिम प्रदान गर्नु जरुरी छ । जसबाट यस्ता कार्यक्रमहरुमा संलग्न भएपश्चात् प्रशिक्षार्थीले ती तालिममा सिकेका कुराहरुलाई आफ्नो जीवनमा लागु गर्न सकुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij