नाडाको नयाँ नेतृत्वको लागि अध्यक्ष पदका एकमात्र निर्विरोध उम्मेदवार कृष्ण प्रसाद दुलाल नाडामा कार्यसमिति सदस्यबाट कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष लगायतको भूमिका निर्वाह गरिसक्नुभएका व्यक्ति हुनुहुन्छ । व्यवसायीहरु बीच सुपरिचित एवं अबका अध्यक्ष दुलालसँग हामीले नाडाको चुनावी अधिवेशन र आगामी कार्यदिशा सम्बन्धमा रही गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

नाडामा अब तपाईंको भूमिका के रहन्छ ?
मैले नाडामा रहेर विभिन्न भूमिकामा रही करिब १० बर्ष बिताइसकेको छु । २ कार्यकाल कोषाध्यक्ष, १ कार्यकाल महासचिव र १ कार्यकाल उपाध्यक्ष गरी करिब ८ बर्ष कार्यसमिति अन्तरगत विभिन्न महत्वपूर्ण भूमिकामा नै रहेर मैले पूरा गरिसकेको छु । जसले गर्दा मलाई नाडालाई आगामी दिनमा कसरी अघी बढाउने र सबै व्यवसायीहरुलाई एउटै छाता मुनी समेट्दै सबैको साझा र सामाजिक उत्तरदायित्व सहितको जिम्मेवार नाडा बनाउन अबको कार्यदिशा के हुनुपर्छ भन्ने बारे आफ्नो अनुभव हासिल गरेको छु । कुनै संस्थालाई राम्रो तवरले सञ्चालन गर्न राम्रो ज्ञानको अलावा नेतृत्वदायी क्षमता समेत आवश्यक रहन्छ । यसरी संस्थागत हितको लागि मैले समेटेको अनुभव र कुशल नेतृत्वको माध्यमबाट नाडालाई सामुहिक संस्थाको रुपमा विकास गर्ने कार्यमा मेरो महत्वपूर्ण योगदान रहनेछ ।
अबको नाडा नेतृत्वको भूमिका कस्तो हुनुपर्छ ?
खासगरी नाडा अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरुको हकहित र अधिकारको लागि स्थापना भएको संस्था हो । सोहीबमोजिम व्यवसायको संरक्षण र प्रवद्र्धन गर्दै समग्र मुलुकको राजस्व सङ्कलन र रोजगारी सृजना तथा सामाजिक उत्तरदायित्वका कार्यहरुमा नाडाले विशेष महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यद्यपि बदलिँदो परिस्थिति बमोजिम परिवर्तन हुँदै आएका राज्यका नीतिहरुलाई सफल बनाउनुको अलावा व्यवसायीहरुलाई समेत थप जागरुक बनाउने कार्यमा नाडाको अझ सशक्त भूमिका हुनुपर्छ । अहिले पनि यस संस्थाले व्यावसायिक हकहितको अलावा सामाजिक कार्यहरुमा समेत निकै सक्रियतापूर्वक काम गर्दै आएको छ । यद्यपि राज्यले ल्याएका भिसिटिएस, सामाजिक सुरक्षा, प्यान लगायतका नियमहरु सँगै नाडाको भूमिका समेत अझ बढेको छ ।
अहिले अटोमोबाइल क्षेत्रका मुख्य समस्याहरु के कस्ता रहेका छन् ? साथै तपाईंले नेतृत्व लिएको खण्डमा नाडा मार्फत व्यावसायिक प्रवद्र्धनको लागि कस्ता कार्यहरु अघी बढाउनुहुनेछ ?
अहिले नेपाल र भारतबीच खुल्ला सीमाना भएको कारण चोरीपैठारी भइ आएका सवारी एवं पार्टस्पुर्जाहरु समेत नेपालमा ठूलो परिमाणमा छन् । यसले गर्दा नेपालमा फेयर ट्रेड गर्दै आएका व्यवसायीहरु अप्ठ्यारोमा पर्ने अवस्था छ । यसरी अवैध कारोबार हुनगई फेयर ट्रेडमा पर्ने बाधालाई न्यूनीकरणको लागि हामीले यस संस्थाकोसक्रियतामा सशक्त ढङ्गले अभियान सञ्चालन गरी फेयर ट्रेडलाई प्रवद्र्धन गर्नेछौं ।
यसै गरी नेपालमा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न वस्तुहरु उत्पादनको लागि नीतिगत पहल गर्ने कार्यमा समेत नाडाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ । अहिले सम्म अटोमोबाइल क्षेत्र आयातमा नै निर्भर रहँदै आएकोमा आगामी दिनमा नेपालमा नै सवारीसाधन उत्पादनको लागि आवश्यक पहल हुनु जरुरी छ । नेपालमा नै निर्माण गर्न सम्भव रहेका इलेक्ट्रिक भेइकलको उत्पादन लगायत नेपालमा नै निर्माणको निम्ति हामीले नाडा मार्फत समेत विशेष पहल गर्नु जरुरी छ । यस कार्यमा व्यवसायीहरुलाई जागरुक गराई व्यवसायीलाई पर्ने पीरमर्काहरुको सामुहिक पहलबाट समाधानको निम्ति पहल गर्ने कार्यमा समेत हामीले विशेष तवरले काम अघी बढाउनेछौं ।
नाडाबाट सचेतनामूलक कार्यक्रम सञ्चालनलाई कसरी बढाउनुहुन्छ ?
अहिले नेपालमा दिनहुँजसो भइरहेका दुर्घटनाहरु मध्ये ट्राफिक नियमको जानकारी तथा तथा सचेतनाको पहुँच विस्तार हुन नसक्नु पनि एक ठूलो कारणको रुपमा रहँदै आएको छ । सडक सुरक्षा र दुर्घटना न्यूनीकरणको लागि चालक, यात्रु, व्यवसायी (स्पेयर पार्टस, वर्कशप, लुब्रिकेन्ट्स, टायर, गाडी आयातकर्ता एवं डिलर लगायत) तथा अन्य सरोकारवाला निकायहरुको समेत महत्वपूर्ण भूमिका रहने भएको कारण सबै पक्षले यस विषयलाई विशेष चासोको साथ लिनुुपर्छ । साथै दुर्घटना न्यूनीकरणको लागि सबै पक्ष सबै जागरुक हुनुपर्छ । सोहीबमोजिम नाडाले पनि आफ्नो तर्फबाट सचेतना जागरणको उद्धेश्यले विभिन्न वर्कशप, सेमिनार तथा प्रशिक्षणमूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अहिले पनि नाडाले हरेक बर्ष उत्कृष्ट ट्राफिक मध्ये ३ जना ट्राफिक प्रहरीलाई सम्मान गर्दै आएको छ । यसबाट ट्राफिक प्रहरीले आफ्नो मनोवल र स्वाभिमान वृद्धिको अनुभुति गर्न सक्छन् ।
नेपालको अहिलेको अवस्थामा प्रति डेढ सय यात्रु बराबर १ ट्राफिक प्रहरी हुनुपर्नेमा त्यसो नभई ७-८ सय यात्रुमा १ जना मात्र ट्राफिक प्रहरी उपलब्ध रहेको अवस्था छ । यस्तो अवस्थामा नेपालमा सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले खेलेको भूमिका प्रशंसनीय छ । ट्राफिक प्रहरीको कार्यलाई थप सघाउ पुर्याउने उद्धेश्य सहित हामी आफैंले समेत सडक सुरक्षा र सचेतना सम्बन्धी हेल्प डेस्क राखेर यात्रुलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउने काम गर्दै आएका छौं । आगामी दिनमा यस कार्यलाई अझ वृहद बनाउँदै लैजाने योजना सहित नाडाले आफ्ना गतिविधिहरु अघी बढाउनेछ ।
व्यावसायिक हकहितको लागि नाडा मातहत नयाँ नेतृत्वले के गर्नु जरुरी रहन्छ ?
नाडा नेपाल उद्योग वाणिज्य महासंघका १ सय ५ वस्तुगत संघहरु मध्ये उत्कृष्ट संघको रुपमा विगत केही बर्ष देखि रहँदै आएको छ । हामीले हरेक बर्ष व्यावसायिक प्रवद्र्धन अन्तरगत नाडा अटो शो गर्दै आएका छौं । यसैगरी हामीले हाम्रा कामहरुलाई थप उत्कृष्टता प्रदान गर्नको लागि विभिन्न कार्यहरु समेत अघी बढाएका छौं । विगतका नेतृत्वले आयोजना गर्दै आएका कामहरुलाई निरन्तरता दिँदै आवश्यकता बमोजिम अन्य नयाँ कामहरु समेत अघी बढाउने योजनामा हामी छौं । पछिल्लो समय राज्यका नीतिहरुमा आएका परिवर्तन (सामाजिक सुरक्षा, कर्मचारीलाई अनिवार्य प्यान, भिसिटिएस लगायत)मा समेत व्यवसायीहरुका तर्फबाट उद्योग वाणिज्य महासंघ तथा राज्य पक्षसँग आवश्यक छलफल गर्दै व्यवसायीलाई राहतको अनुभुति गराउने कार्यमा विशेष पहल गर्नेछौं । व्यवसायीहरुलाई व्यावसायिक स्वतन्त्रता प्रदान गर्नको लागि हाम्र्रो नेतृत्वले विशेष पहल गर्नेछ ।
निजी व्यवसायीहरुका अहिलेका समस्याहरु के हुन् ?
अहिले नेपाल सरकारले ल्याएका नीतिहरुको कारण हामी निकै नै अप्ठ्यारोमा परेका छौं । राज्यका नीतिकै कारण व्यवसायीहरु अन्यौलमा छन् । हामीले व्यावसायिक सहजीकरणको लागि एकद्वार प्रणाली आवश्यक छ भन्दै आएका भएपनि व्यवसायमा नै प्रभाव पर्नेगरी जटिल नीतिगत व्यवस्था ल्याइएको कारण हामीले चाहे बमोजिम व्यावसायिक प्रवद्र्धन गर्न सकेका छैनौं । एउटा व्यवसाय दर्जनौं निकायमा दर्ता हुनुपर्ने व्यवस्था पहिले देखि नै रहँदै आएको छ । साथै नेपालमा प्रशासनिक कार्यहरु समेत निकै झण्झटिलो भएको कारण व्यवसायमा भन्दा पनि प्रक्रिया मिलाउनमा नै ठूलो झण्झट व्यहोर्नुपर्ने अवस्था अहिले छ ।
राज्यले बुझ्नुपर्छ कि उद्योग व्यवसाय सञ्चालन तथा दर्ता प्रक्रियालाई जटिल बनाएर व्यापारको आकार घटे त्यसबाट मुलुकको अर्थतन्त्र, राजस्व, रोजगारी र उत्पादकत्वमा योगदान पुग्दैन । यसबाट आयात बढ्न जान्छ । जसले सरकारबाट भएका कामकारबाहीलाई कति सकारात्मक छन् भन्ने सङ्केत समेत दिन्छ । यस कुरालाई पनि विचार गर्दै सोहीबमोजिम कर तिर्ने व्यक्तिलाई उच्च सम्मान गर्ने वातावरण बन्नु जरुरी छ । जसले गर्दा व्यावसायिक उन्नतिमा थप सहयोग पुग्न सक्छ । थप लगानीको लागि व्यवसायी प्रोत्साहित हुन सक्छ । यसकारण हामी सबैले स्वच्छ व्यवसाय र स्वच्छ प्रशासन नारालाई सार्थक बनाउन आफ्नो तहबाट सहयोग गर्नु जरुरी छ ।
राज्यले ल्याउने नीतिहरु व्यावसायलाई व्यवस्थित गर्दै लैजाने योजनाबाट प्रेरित भएजस्तो तपाईंहरुलाई महसुस हुँदैन र ?
हो, राज्य सबै व्यवसायलाई व्यवस्थित गर्दै लैजाने योजनामा छ । यद्यपि राज्यले नीति ल्याउने क्रममा त्यसले विभिन्न क्षेत्रमा पार्ने प्रभाव एवं औचित्यता बारे पनि अध्ययन गर्नुपर्छ । नयाँ नीति ल्याउनु छ भने शुरुमा त्यसलाई सानो क्षेत्रमा लागु गरेर उचित देखिए त्यसलाई विस्तारै ठूलो क्षेत्रमा विस्तार गर्दा यसबाट व्यवसायीहरुले पनि सहजता महसुस गर्न सक्छन् भने राज्यलाई नीति कार्यान्वयनमा पनि सहज हुन्छ । तर अहिले भने नेपाल सरकारले एकै पटकमा सबै क्षेत्रमा एउटै नीति लागु गर्न सर्कुलर गर्ने तर त्यसका कठिनाइको कारण व्यवसायीहरुले विरोध गरेको खण्डमा त्यसलाई फिर्ता लिने प्रचलन पनि देखिन्छ । जसले सरकारका सरकार आफैंलाई पनि अप्ठ्यारो अवस्था सृजना हुन सक्छ । अहिले ल्याइएको भिसिटिएस उत्पादन र आयात क्षेत्रमा तत्काल लागु गर्न सहज भएपनि अन्य निम्न प्रकारका व्यवसायहरुमा भने सहज छैन । यस्ता कुरामा पनि राम्रोसँग विचार गर्नुपर्छ ।
राज्य पक्षले व्यावसायिक सहजीकरणको लागि अन्य के–कस्ता व्यवस्था गर्नु आवश्यक हुन्छ ?
राज्यले बुझ्नुपर्छ कि उद्योग व्यवसाय सञ्चालन तथा दर्ता प्रक्रियालाई जटिल बनाएर व्यापारको आकार घटे त्यसबाट मुलुकको अर्थतन्त्र, राजस्व, रोजगारी र उत्पादकत्वमा योगदान पुग्दैन । यसबाट आयात बढ्न जान्छ । जसले सरकारबाट भएका कामकारबाहीलाई कति सकारात्मक छन् भन्ने सङ्केत समेत दिन्छ । यस कुरालाई पनि विचार गर्दै सोहीबमोजिम कर तिर्ने व्यक्तिलाई उच्च सम्मान गर्ने वातावरण बन्नु जरुरी छ । जसले गर्दा व्यावसायिक उन्नतिमा थप सहयोग पुग्न सक्छ । थप लगानीको लागि व्यवसायी प्रोत्साहित हुन सक्छ । यसकारण हामी सबैले स्वच्छ व्यवसाय र स्वच्छ प्रशासन नारालाई सार्थक बनाउन आफ्नो तहबाट सहयोग गर्नु जरुरी छ ।
अहिले पनि सञ्चालनमा रहेका राम्रा सडकहरु पञ्चायत कालमा नै निर्माण भएका हुन् । केही हद सम्म ती सडकको आकार बढेपनि सडक विस्तारमा भएको प्रयासलाई भने उल्लेख्य मान्न सकिँदैन । सडकमा फ्लाई ओभरहरु नभएको, बाइपास नभएको, नयाँ रिङरोड बन्न नसकेको, नदी किरानमा करिडोरहरु नबनेको, ठुला राजमार्गहरु नबनेको, केही निर्माण गरिएका संरचना समेत प्रयोगमा नल्याइएको लगायतका कारण यस क्षेत्रले जुन गति लिनुपर्ने थियो, त्यो गति लिन सकेको छैन ।
अहिले नेपालमा अटोमोबाइलको अवस्था चाहिँ कस्तो छ ?
नेपालमा अहिले बैंकहरुले अटोमोबाइल क्षेत्रमा लगानी नगरेको अवस्था छ । नेपाल राष्ट्र बैंकले नै अटोमोबाइल क्षेत्रमा कर्जा प्रवाहमा कडाइ गरेको छ । जसले गर्दा अहिले अटोमोबाइल व्यवसाय स्थिर देखिन्छ । यसको अलावा नेपालमा पछिल्ला दशकहरुमा स्तरीय सडकहरु बन्न सकेका समेत छैनन् । अहिले पनि सञ्चालनमा रहेका राम्रा सडकहरु पञ्चायत कालमा नै निर्माण भएका हुन् । केही हद सम्म ती सडकको आकार बढेपनि सडक विस्तारमा भएको प्रयासलाई भने उल्लेख्य मान्न सकिँदैन । सडकमा फ्लाई ओभरहरु नभएको, बाइपास नभएको, नयाँ रिङरोड बन्न नसकेको, नदी किरानमा करिडोरहरु नबनेको, ठुला राजमार्गहरु नबनेको, केही निर्माण गरिएका संरचना समेत प्रयोगमा नल्याइएको लगायतका कारण यस क्षेत्रले जुन गति लिनुपर्ने थियो, त्यो गति लिन सकेको छैन । साथै सडक विस्तार र अटोमोबाइल क्षेत्रको कारोबार बढेसँगै पर्यटन, कृषि, पुर्वाधार निर्माण लगायतका क्रियाकलापहरु समेत बढ्ने भएको र समग्र आर्थिक अवस्थामा सुधार हुने कुरालाई जोड दिँदै यसको कारोबार वृद्धिको लागि आवश्यक पहल राज्य पक्षबाट नै हुनु जरुरी देखिएको छ । अहिलेको अवस्थामा हरेक घरमा कम्तिमा एउटा सवारी साधन हुनु जरुरी भइसकेको छ । तर राज्य पक्षले यस क्षेत्रलाई आफ्नो प्राथमिकतामा राख्न सकेको छैन ।
अबका दिनमा विद्युतीय सवारीसाधनलाई कसरी अघी लैजानुपर्छ ?
अहिले सम्म नेपालमा विद्युतीय सवारीसाधनहरु आयात नै गर्नुपर्ने अवस्था छ । नेपालमा विद्युतीय सवारी आयातले मुलुकको विकासलाई फाइदा दिन सक्दैन । सोहीकारण नेपालमा नै इलेक्ट्रिक सवारीसाधन उत्पादनमा पहल गर्नु जरुरी छ । नेपालमा नै अब यस्ता एसेम्बलिङ उद्योग सञ्चालन गरेको खण्डमा यसबाट राज्य पक्षलाई राम्रो सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । साथै नेपालमा विद्युतीय सवारीसाधनको लागि आवश्यक सडक तथा चार्जिङ स्टेसन निर्माण समेत गर्नुपर्ने आवश्यकता छ । अबका केही बर्षमा कम्तीमा २५ प्रतिशत सवारीहरु विद्युतीय हुनसके भने यसले हाम्रो अवस्थालाई नयाँ दिशा दिन सक्छ ।
नेपालमा सवारीसाधनको समग्र तथ्याङ्क के छ ?
अहिले नेपालमा करिब ३२ लाख सवारीसाधन रहेको तथ्याङ्क छ । यसमध्ये ५-७ लाख त प्रयोगविहीन भइसके होलान् । करिब २५ लाख सवारीसाधन अहिले सञ्चालनमा छन् । जुन नेपालको ३ करोड जनसङ्ख्याको लागि प्रयाप्त होइन । यद्यपि अहिले बार्षिक करिब ४-५ लाख सवारी नेपालमा भित्रिइरहेका छन् । साथै नेपालमा सार्वजनिक सवारीसाधन समेत प्रयाप्त मात्रामा उपलब्ध हुन नसकेको कारण यात्रुहरु निकै नै मारमा छन् । यद्यपि सरकारले सडक निर्माणमा ध्यान नदिई यातायात साधन धेरै भएको भन्दै आफू तर्किरहेको अवस्था छ । अब सरकारले आफ्नो तर्फबाट भएका गल्ति स्वीकार गर्दै आफ्नो जिम्मेवारी वहन गर्न तयार हुनुपर्छ ।
अन्त्यमा यहाँले के भन्नुहुन्छ ?
सबै अटोमोबाइल व्यवसायी मित्रहरुले मलाई निर्विरोध रुपमा अध्यक्ष पदको लागि बाटो खोलेर जुन सहयोग गर्नुभएको छ, यसमा म सबै व्यवसायी साथीहरुलाई हार्दिकता प्रकट गर्दछु । साथै अबको मेरो नेतृत्वले सबै व्यवसायीहरुलाई हकअधिकारको सुरक्षा प्रत्याभुति गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न थप सशक्त ढङ्गले हाम्रा गतिविधिहरु सञ्चालन गरी नाडाको भूमिका अझ प्रभावकारी बनाउन हाम्रो नेतृत्व सफल हुनेमा समेत सबैलाई आश्वस्त हुन अाग्र गर्दछु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij