
गोविन्द प्रसाद पराजुली, प्रबन्ध निर्देशक, सिन्धुपाल्चोक हाइड्रोपावरनेपालको परिवेशमा जलविद्युत क्षेत्रः
नेपालमा जलविद्युत क्षेत्रको राम्रो सम्भावना छ । नेपालका थुप्रै नदीहरुबाट ठूलो परिमाणमा अनवरत रुपमा पानी बगेर खेर गइरहेको छ । जुन हाम्रो प्राकृतिक सम्पत्ति हो । यद्यपि हामीले यसलाई राम्रो तवरले प्रयोगमा ल्याउन सकेका छैनौं । हामीसँग उपलब्ध जलस्रोतलाई सम्पत्तिको रुपमा बदल्नको लागि केही शाहस त गर्नैपर्छ । यसको लागि सबैभन्दा पहिले उपलब्ध जलस्रोतलाई कुन स्वरुपमा बदलेर राम्रो लाभ लिन सकिन्छ भन्ने बारे राम्रो तवरले अध्ययन हुनु जरुरी छ । नेपालको भौगोलिक परिस्थिति अनुसार हामीसँग उपलब्ध जलस्रोतलाई जलविद्युत उत्पादनमा नै लगाउन सकेको खण्डमा राम्रो लाभ लिन सकिने सम्भावना देखिन्छ । अहिले ठूलो सङ्ख्यामा नेपाली जनशक्ति रोजगारीको लागि अवसरको खोजीमा विदेशिएको अवस्था छ । तर नेपालमा भएको स्रोतको उपयोग गर्न नसक्दा हाम्रो सम्भावना बमोजिम जुन तवरले मुलुक विकासको गतिमा अगाडि बढ्नुपर्ने थियो, त्यस किसिमले प्रगति गर्न सकेको छैन । विभिन्न अध्ययनहरुबाट देखिएबमोजिम जलविद्युत नै यस्तो क्षेत्र हो, जुन नेपालमा उपलब्ध जलस्रोतको सही व्यवस्थापनको माध्यमबाट नेपाललाई समृद्ध बनाउन अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
सिन्धुपाल्चोक हाइड्रोपावर र यसका गतिविधिहरु
नेपालमा भएको जलविद्युत सम्भावनालाई लक्षित गरेर हामीले सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी स्थापना गरेका हौं । वि.सं २०६७ देखि १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनासँग सहकार्य गर्दै अहिले उक्त आयोजनालाई उत्पादन चरणमा पुर्याउने कार्यमा पनि हाम्रो भूमिका महत्वपूर्ण नै रहेको छ ।
मध्य भोटेकोशी जलविद्युत आयोजना
४९ प्रतिशत प्रवद्र्धक र ५१ प्रतिशत पब्लिकको लगानी रहेको यस कम्पनीमा चिलिमे मुख्य नेतृत्वदायी कम्पनीको रुपमा रहेको छ । यस कम्पनीमा चिलिमे हाइड्रोपावरको ३८ प्रतिशत लगानी छ । नेपाल विद्युत प्राधिकरणको अलावा यस आयोजनामा ३ ओटा निजी जलविद्युत प्रवद्र्धक कम्पनीहरु र स्थानीय प्रभावित जनताहरुको संयुक्त लगानी छ ।
अहिले पनि नेपालमा कुनै आयोजना अघी बढाउने क्रममा त्यस क्षेत्रका जनताहरुले आयोजनासँग निकै ठूलो अपेक्षा रहने स्थिति छ । कतिपय अवस्थामा ती अपेक्षाहरु पूरा गर्दागर्दै आयोजनालाई नै अघी बढाउन असम्भव हुने स्थिति पनि सृजना हुन सक्छ । यद्यपि हामीले विकास निर्माणको क्रममा यस्ता अस्वभाविक अपेक्षाहरुको कारण हाम्रा मुख्य आयोजना नै प्रभावित पारिनुहुँदैन भन्ने कुरालाई जोड दिँदै सोही बमोजिम स्थानीयहरुलाई सचेत गराई सहयोगको लागि आग्रह गरेको कारण यस आयोजनालाई सहज रुपमा अघी बढाउन हामी सफल भएका छौं ।
शुरुका दिनमा हाल नेपाल विद्युत प्राधिकरणमा प्रबन्ध निर्देशकको भूमिका सम्हालिरहनुभएका कुलमान घिसिङलाई नै अध्यक्ष बनाएर ऊहाँकै प्रत्यक्ष नेतृत्वमा सञ्चालन भइरहेको यस आयोजनाले सरोकारवालाहरुलाई राम्रो सन्देश प्रवाह गर्न सफल भएको थियो । तर विभिन्न समयमा खेप्नुपरेका प्राकृतिक विपत्ति लगायतका प्रतिकुल प्रभावको कारण हामीले अपेक्षा गरिएबमोजिम समयमा नै आयोजना सम्पन्न हुन सक्ने अवस्था भने रहेन । नेपालमा कुनै जलविद्युत आयोजना अघी बढाउने क्रममा सामाजिक तथा राजनीतिक कारणहरुले पनि अवरोध सृजना गर्दै आएका छन् । त्यो प्रभाव कम गराउने योजना बमोजिम हामीले मध्य भोटेकोशी आयोजनालाई अघी बढाउने क्रममा मुख्य राजनीतिक दलहरु बीच आपसी सहयोग र छलफलको लागि शुरुमा नै सहमति गरेर प्रक्रिया अघी बढाएका यसलाई ठूलो समस्याको रुपमा लिनु परेन । यद्यपि यस आयोजनाले बाढी तथा भूकम्प जस्ता प्राकृतिक विपद्हरुबाट भने ठूलो क्षति भोग्नुपर्यो ।
स्थानीयहरुको अपेक्षा
अहिले पनि नेपालमा कुनै आयोजना अघी बढाउने क्रममा त्यस क्षेत्रका जनताहरुले आयोजनासँग निकै ठूलो अपेक्षा रहने स्थिति छ । कतिपय अवस्थामा ती अपेक्षाहरु पूरा गर्दागर्दै आयोजनालाई नै अघी बढाउन असम्भव हुने स्थिति पनि सृजना हुन सक्छ । यद्यपि हामीले विकास निर्माणको क्रममा यस्ता अस्वभाविक अपेक्षाहरुको कारण हाम्रा मुख्य आयोजना नै प्रभावित पारिनुहुँदैन भन्ने कुरालाई जोड दिँदै सोही बमोजिम स्थानीयहरुलाई सचेत गराई सहयोगको लागि आग्रह गरेको कारण यस आयोजनालाई सहज रुपमा अघी बढाउन हामी सफल भएका छौं ।
नेतृत्वको भूमिका
कुनै पनि विकास कार्य अघी बढाउने क्रममा नेतृत्वले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । हामीले कुलमान घिसिङलाई मुख्य जिम्मेवारीमा राखेर यस आयोजनालाई अघी बढाउने क्रममा आयोजनाले जुन गति लिएको थियो, ऊहाँ भन्दा पछाडिको नेतृत्वले उक्त आयोजनालाई सोही गतिमा अघी बढाउन सकेन । यद्यपि यस आयोजनाले विभिन्न बाधाव्यवधानहरु समेत भोग्नुपरेको कारण शुरुमा अनुमान गरिएबमोजिम आयोजना सम्पन्न हुन नसक्नु अर्को पक्ष रह्यो । शुरुमा अनुमान गरिए अनुसार यो आयोजना सन् २०१७ मा सम्पन्न भइसक्नु पर्ने थियो । तर अहिले यो आयोजना सन् २०२० को अन्त्य सम्ममा सम्पन्न हुने योजना सहित अघी बढेको छ । ३ बर्ष ढिलाई हुनुमा विभिन्न पक्षहरुले अवरोध सृजना गरे ।
अहिलेको उपलब्धि
हाल सम्म आइपुग्दा यस आयोजनाको ७ किलोमिटर टनेल मध्ये करिब ५६ सय मिटरमा काम सम्पन्न भईसकेको छ । करिब १४ सय मिटर टनेल खन्ने काम बाँकी छ । यसैगरी पावर हाउसमा मेसिन जडानको कार्य भइरहेको छ । आयोजनाको बाँध बाँध्ने काम समेत तीव्र गतिमा अघी बढिरहेको छ । विगतका ४ ओटा गाविसहरु (हाल २ गाउँपालिका)मा समेटिएको यस आयोजनाबाट करिब २० हजार व्यक्तिहरु कुनै न कुनै रुपमा प्रभावित भएका छन् भने यस आयोजना निर्माण हुने क्षेत्रका करिब डेढ सय परिवारलाई स्थानान्तरण गरिएको छ । यस बर्षको प्र्रगति विवरण सन्तोषजनक नै रहेको भर्खर सम्पन्न बार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा समेत उल्लेख छ ।
वन, वातावरण, पूर्वाधार विकास लगायतका अन्तर सम्बन्धित मन्त्रालय तथा त्यस अन्तरगतका निकायहरु बीच राम्रो समन्वयन हुन नसक्दा जलविद्युत आयोजना विकास कार्य निकै नै झण्झटिलो बनिरहेको छ । नेपालमा जलविद्युत क्षेत्रलाई विशेष प्राथमिकताको साथ अघी बढाउने कार्यमा प्रधानमन्त्री स्तरबाटै विशेष प्रतिवद्धता नरहेको त होइन, यद्यपि यस कार्यको निम्ति नीतिगत सहजता र एकद्वार प्रणालीको अभावमा काम गर्न निकै कठिनाई छ ।
जलविद्युत विकासका चुनौतीहरु
नेपालमा अहिले जलविद्युतलाई विशेष प्राथमिकतामा राखेर काम अघी बढाउने भनेर विभिन्न चर्चा तथा प्रतिवद्धताहरु हुँदै आएका भएपनि अहिले सम्म जलविद्युत क्षेत्रमा काम गर्ने प्रवद्र्धकलाई प्रोत्साहन मिल्ने गरी प्रवद्र्धनात्मक वातावरण बन्न भने सकेको छैन । जसले गर्दा यस क्षेत्रमा रहेर काम गरिरहेका कम्पनी तथा व्यक्तिहरुले विभिन्न झण्झटहरु व्यहोर्नुपर्ने अवस्था छ । वन, वातावरण, पूर्वाधार विकास लगायतका अन्तर सम्बन्धित मन्त्रालय तथा त्यस अन्तरगतका निकायहरु बीच राम्रो समन्वयन हुन नसक्दा जलविद्युत आयोजना विकास कार्य निकै नै झण्झटिलो बनिरहेको छ । नेपालमा जलविद्युत क्षेत्रलाई विशेष प्राथमिकताको साथ अघी बढाउने कार्यमा प्रधानमन्त्री स्तरबाटै विशेष प्रतिवद्धता नरहेको त होइन, यद्यपि यस कार्यको निम्ति नीतिगत सहजता र एकद्वार प्रणालीको अभावमा काम गर्न निकै कठिनाई छ ।
जलविद्युतको सम्भावना
नेपालमा जलविद्युत क्षेत्रको सम्भावना निकै राम्रो छ । रन अफ दि रिभर तथा स्टोरेज गरी दुवै किसिमका जलविद्युत आयोजना नेपालमा सञ्चालन गर्न सकिन्छ । सम्भावना निकै राम्रो छ । यी सम्भावनाहरुलाई वास्तविकतामा बदल्न हामीले स्वदेशी पुजी एकीकृत गर्ने तथा विदेशी पुँजी भित्र्याउनुपर्ने आवश्यकता छ । जसबाट नेपालमा ठूलो परिमाणमा जलविद्युत उत्पादन गर्न सकिन्छ । यसैगरी नेपालमा उत्पादन गरिएको जलविद्युतलाई हाम्रा छिमेकी मुलुकहरु भारत, बङ्गलादेश लगायतमा निर्यात गर्न सकिने सम्भावना पनि छ । यस्तो अवस्थामा नेपालमा राज्य पक्षले नै जलविद्युत विकास कार्यलाई विशेष प्राथमिकता साथ अघी बढाउनु जरुरी छ ।
राजनीतिक दलको भूमिका
नेपालका राजनीतिक दलहरुले जलविद्युत विकासको लागि विशेष महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा नेपालमा भएका राजनीतिक दलहरु समेत विकासका एजेण्डाहरुमा प्रतिवद्ध र परिपक्व बन्न नसकेको हामीले महसुस गरेका छौं । सबै दलहरुबीच विकासको निम्ति साझा प्रतिवद्धता सहित हाम्रा गतिविधिहरु अघी बढाउन सकेको खण्डमा हामीले कुनै आयोजनालाई छिटो, सहज र कम लगानीमा सम्पन्न गर्न सकिनुको अलावा राम्रो लाभ समेत हासिल गर्न सकिन्छ ।
संघीयता पश्चात्को विकास
नेपालमा अहिले संघीय संरचना बमोजिम स्थापना भएका स्थानीय निकायहरु नै अधिकार सम्पन्न छन् । ती निकायहरुले आफ्नो विकासको लागि आफैंले सोही बमोजिम कसरी काम अघी बढाउने हो भन्ने सम्बन्धमा योजनावद्ध रुपमा अघी बढ्न सकेको खण्डमा हाम्रो विकासलाई छोटो अवधिमा नै तीव्र रुपमा सम्पन्न गर्न सकिन्छ । तर अहिलेको अवस्थामा नेपालमा भएका निकायहरुले यस किसिमको प्रतिवद्धता जनाएपनि व्यावहारिक रुपमा सम्पन्न पार्नमा भने महत्वपूर्ण भूमिका निर्वाह गर्न सकेको पाईंदैन ।
साथै अहिलेको अवस्थामा स्थानीय तथा प्रादेशिक निकायहरुले आफ्नो अधिकार क्षेत्र कुन हद सम्म छ भन्ने कुराको समेत पहिचान गर्न सकेका छैनन् । साथै ती निकायहरु समेत नयाँ भएका कारण ती निकायले राम्रो कुशल व्यवस्थापकीय क्षमता समेत विकास गर्न सकेका छैनन् । यसले गर्दा नेपालमा पछिल्ला बर्षहरुमा विकास कार्यले राम्रो गति लिन सकेका छैनन् । यस्तो अवस्थामा हामीले छिटो भन्दा छिटो सबै निकायहरुले अधिकार क्षेत्र पहिचान गरी आफ्ना गतिविधिहरु द्रुत गतिमा अघी बढाउने अवस्था सृजना गर्नु जरुरी छ । साथै स्थानीय निकायहरु थप जिम्मेवार बन्नु जरुरी छ ।

सिन्धुपाल्चोकका सम्भावना क्षेत्रहरु
समग्र नेपालको विकास र समृद्धिको लागि कृषि, पर्यटन, जलस्रोत र उद्योग गरी ४ खम्बे अर्थनीति अपनाउनु जरुरी छ । यी सम्भावनाहरु सिन्धुपाल्चोकमा पनि छन् । ¥याफ्टिङको प्रवद्र्धन तथा कोरिडोर निर्माणको माध्यमबाट पर्यटन र कृषि क्षेत्रको प्रवद्र्धन गर्न जरुरी छ । यसैगरी सिन्धुपाल्चोकमा घरायसी उद्योगहरु स्थापनाको लागि स्थानीयलाई जागरुक गराउनु पनि निकै जरुरी देखिन्छ । अहिले यस क्षेत्रमा खोलानालाका छेउछाउमा सञ्चालनमा रहेका क्रसर उद्योग नै यस क्षेत्रका उद्योगको रुपमा स्थापित छन् । कृषिको सम्भावना राम्रो रहेको कारण कृषि कार्यलाई वैज्ञानिकीकरण गर्नु जरुरी छ । खासगरी धान उत्पादनको लागि सिन्धुपाल्चोकलाई विशेष महत्वको साथ हेरिँदै आएको पाइन्छ । यसको अलावा यदाकदा अलैंची उत्पादनमा समेत युवाहरु आकर्षित भएका पाईन्छन् ।
सिन्धुपाल्चोक विकासमा पछि पर्नुको कारण
लामो समय यस क्षेत्रमा स्थानीय जनताहरुमा राजनीतिक चेतना विकास हुन सकेन । जसले गर्दा काठमाडौंमा रहेका व्यक्तिहरुले चुनाव लडेर जितेपछि पुन काठमाडौं नै फर्कने र स्थानीय विकासमा जोड नदिने साथै विद्यालयहरु समेत निकै पछि मात्र सञ्चालन गरिएको लगायतका कारणहरुले गर्दा सिन्धुपाल्चोक विकासको लागि पछि परेको बुझ्न सकिन्छ ।
नेपालमा सामाजिक परिवर्तनको लागि राजनीतिलाई नै मुख्य आधारको रुपमा अपनाउँदै आउनुभएका गोविन्द पराजुली पछिल्लो समय हाइड्रोपावर क्षेत्रमा संलग्न हुनुुहुन्छ । विगत ११ बर्ष देखि जलविद्युत क्षेत्रमा संलग्न ऊहाँ राजनीतिक रुपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध हुनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij