२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

उपनिर्वाचनमा तीन दिन विद्यालय बन्द हुने

उपनिर्वाचनमा तीन दिन विद्यालय बन्द हुने

भक्तपुर  । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क) मा हुने उपनिर्वाचनका लागि भक्तपुरका १५ वटा सामुदायिक विद्यालयहरु तीन दिनका लागि बन्द भएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनका मतदान केन्द्र राखेपछि यहाँका १५ वटा विद्यालयहरु आजदेखि बन्द भएका हुन् ।

चाँगुनारायण नगरपालिकाका १० वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं १० मा रहेका सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र स्थापना गरेपछि १५ वटा सामुदायिक विद्यालयको पठनपाठन बन्द भएको चाँगुनारायण नगरपालिका शिक्षा शाखाका इञ्चार्ज वीरबहादुर खड्काले जानकारी दिए ।
उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिकाभित्रका आजात मावि, नाप्चा, न्याचोपौवा आधारभूत विद्यालय, चुनादेवी मावि, सरस्वती उमावि थाकलमाँठ, गणेश मावि ताथली, चाँगुनारायण मावि न्यौपाने गाउँ, यापी भैरव मावि,  बालभूषण मावि कोल्पाकोट, नाट्यश्वरी आधारभूत विद्यालय, बागेहिटी मावि वागेश्वरी, राधाकृष्ण माध्यमिक विद्यालय, बाल्मिकी आधारभूत विद्यालय, श्रीकृष्ण मावि खरिपाटी, महेन्द्रग्राम मावि र भक्तपुर नगरपालिका १० को सरस्वती विद्यागृह माविमा मतदान केन्द्रका लागि विद्यालय बन्द भएको हो ।
विद्यालय र विद्यार्थीलाई सरकारले शान्ति क्षेत्र घोषणा गरेको आठ वर्ष बितेपनि अझै कार्यान्वयनमा आउन नसकेको प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष श्रीकृष्ण केसीले बताए । विसं २०६८ जेठ ११ गते नेपाल सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि कार्यान्वयनमा भने आउन नसकेको उनले बताए ।

उपनिर्वाचनको तयारीका लागि उचित व्यवस्थापन, कम्पाउण्ड र अन्य मर्मत सम्भारको काम हुने भएकाले विद्यालय बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । विद्यालय शनिबारसम्म बन्द हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij