२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

७५ रुपैयाँ जरिवाना नतिर्दा १६ जना पक्राउ

७५ रुपैयाँ जरिवाना नतिर्दा १६ जना पक्राउ

अदालतले तोकेको ७५ रुपैयाँ जरिवाना नतिर्दा विराटनगरबाट १६ जना पक्राउ परेका छन् । जुवा मुद्दामा जिल्ला अदालत मोरङबाट ७५ रुपैयाँ जरिवाना तोकिएका १६ जना ५ वर्षपछि पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्वर ६, ७ र ११ का हुन् ।

जुवा मुद्दामा २०७१ साल असार ३ गते १६ जना विरुद्ध जनही ७५ रुपैयाँका दरले जरिवानाको फैसला भएको थियो । फैसलापछि जरिवाना नबुझाएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पक्राउ गरी सोमबार अदालतमा बुझाएका थियो ।

अदालतको फैसला कार्यान्यव अभियान अन्तरगत जुवा मुद्दामा फरार रहेकाहरुसहित अन्य मुद्दामा दोषी ठहर भई भागीरहेका ४६ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको थियो ।

७५ रुपैयाँ जरिवाना नबुझाएका कारण उनीहरु एक दिन प्रहरी नियन्त्रणमा बसेका थिए ।
प्रहरीले जुवा मुद्दामा फरार रहेका विराटनगर– ६ का अरुण सहनी, पिन्टु पाशवान, विरेन्द्र सहनी, रबिकुमार मुखिया, बिमल मुखिया, विराटनगर ७ का सत्यनारायण भगत, विराटनगर ११ का सम्भु सहनी विराटनगर– ६ कै हरिशचन्द्र सहनी, रामथान साहलाई पक्राउ गरेको थियो ।

त्यस्तै विराटनगर ११ का श्यामबहादुर साह, दिलिप सहनी, विराटनगर ६ का नागेन्द्र दास, महमद स्वराती, सागर शर्मा, सञ्जय शर्मा, सञ्जय महतो र विराटनगर ७ का अरुण सहनी पक्राउ परेका थिए । उनीहरु जनही ७५ रुपैयाँ जरिवाना बुझाएर छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij