२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने – ‘भोलि मन्त्रिपरिषद पुनर्गठन गर्देछु कसैले पनि सार्वजनिक कार्यक्रम नराख्नु’

प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने – ‘भोलि मन्त्रिपरिषद पुनर्गठन गर्देछु कसैले पनि सार्वजनिक कार्यक्रम नराख्नु’

काठमाडौँ: मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिहरूको हेरफेर हुने जानकारी गराएका छन्। मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्नका लागि मन्त्रिहरुलाई बुधबार कुनै पनि कार्यक्रम नराख्न समेत पनि निर्देशन दिएका छन्।

ओलीले आजसम्म तपाईहरुले मलाई सहयोग गर्नुभयो त्यसका लागि धन्यवाद छ भोलि मन्त्रिपरिषद पुनर्गठन हुन्छ, एकदिन कसैले पनि सार्वजनिक कार्यक्रम नराख्नु होला भन्दै निर्देशन दिएका छन्।

ओलीले को-को मन्त्री हट्दैछन र थपिदैछन् भन्नेबारेभने कुनै जानकारी गराएका छैनन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद हेरफेरकै विषयमा छलफल गर्न भोलि बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएका छन्। नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गरिसकेका छन्।

स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ भोलि(बुधबार) नै हुने भएकाले कुनै औपचारिक कार्यक्रमसमेत नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij