उद्योगी डा. रुप ज्योतिको गिरफ्तारी विरुद्ध नेपालका उद्योगी तथा व्यवसायीहरुले व्यापक विरोध गर्दै आइरहेका छन् ।
डा. ज्योतिको पक्राउ प्रकरणलाई लिएर यति बेला नेपालको व्यावसायिक क्षेत्र निकै आक्रान्त बनेको छ । साथै डा. ज्योतिको पक्राउ प्रकरणको विरोध स्वरुप निजी क्षेत्रका प्रतिनिधिहरुल संस्थाहरुले प्रेस विज्ञप्तिहरु प्रकाशन तथा छलफल सहित निरन्तर रुपमा विरोध जनाइरहेका छन् ।
यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले पनि कारोवार विवादमा पक्राउ परेका डा. रुप ज्योति र छोरी सुरुचिलाई हिरासतमा नै राखेर अनुसन्धान गरिनुले आफुहरुको ध्यानाकर्षण भएको उल्लेख यस घटनाले नेपालको समग्र निजी क्षेत्र संलग्न व्यावसायिक वातावरणलाई नै नकारात्मक प्रभाव पार्ने तर्फ समेत विज्ञप्तिले सङ्केत गरेको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा कात्तिक २८ गते देखि संघको आह्वानमा चरणवद्ध रुपमा विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्दै जाने घोषणा समेत गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij