२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपालमा लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताहको शुभारम्भ

नेपालमा लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताहको शुभारम्भ

लेडयूक्त पेन्ट प्रतिबन्ध सरकारेले तोकेको पेन्ट्समा लेडको मापदण्डको पुर्ण परिपालना गरौं

काठमाडौं । आम जनस्वास्थ्य र खासगरी बालबालिकालाई लेड (सिसा)को विषाक्तताबाट जोगाउनका निम्ति नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र एवं वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा र विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्धन केन्द्रले लेडयूक्त पेन्ट उन्मुलनका निम्ति अन्तर्राष्ट्रिय सन्जाल Global Alliance to Eliminate Lead Paint-GAELP द्वारा सन् २०१९ अक्टोवर २० देखि २६ (२०७६ कार्तिक ३ देखि ९ गते सम्म) लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रिय सचेतना सप्ताह (International Lead Poisoning Prevention Week 2019) काठमाडौं कीर्तिपुर र पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको जानकारी पत्रका सम्मेलन मार्फत जानकारी गराउँदै शुभारम्भ समेत गरिएको छ ।

cialis comprar

यस वर्ष आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमहरुको मूख्य उद्धेश्यको रुपमा लेडको विषाक्तता बारे जनचेतना फैलाउनु, सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्डको पुर्ण परिपालना एवं प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेहीपुर्ण पेन्टको उत्पादन, आयात, विक्रीवितरण र प्रचारप्रसार आदिको निम्ति आवश्यक पहल गर्ने रहेको छ । नेपालमै भएका अध्यनहरुले बालबालिकाको रगतमा अत्यधिक लेड पाईएको तथ्यबारे चिकित्सक समुदायहरु सँग अन्तरकृया गरी नियन्त्रण तथा समस्या सामाधानका उपायहरु पहिल्याउने जमर्को गरिएको छ । अन्य सम्बन्धित ऐन, कानून, नीतिनियमावली र निर्देशिकाहरुमा लेड पेन्ट सम्बन्धी मापदण्डको उचित समायोजन गर्ने गराउने रहेको छ । साथै पेन्टमा तोकिएको लेडको मापदण्ड अनुसार लेडको अधिकतम मात्रा ९० पि.पि.एम. हुनुपर्ने, बट्टामा लेडको मात्रा र ब्यवसायजन्य सुरक्षा सम्बन्धि साबधानीमूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पुर्ण परीपालनामा जोड दिने रहेको छ ।

विश्व स्वास्थ्य संगठनले लेड (सिसा) लाई विश्वव्यापी रुपमा जनस्वास्थ्यलाई असर पु¥याउने प्रमूख १० रसायनहरु मध्ये एक प्रमुख घातक रसायनको रुपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै सुरक्षित मात्रा हुँदैन भन्ने तथ्य पनि स्थापित गरेकोछ । लेडले मानिसको र खासगरी बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा अवरोध पु¥याउँदछ । लेडको सम्पर्कबाट हुने दिर्घकालिन स्वास्थ्य सम्बन्धि समस्याहरुले बर्षेनी ५,४०,००० मानिसको मृत्यू हुने गरेको छ भने १.३९ करोड मानीसहरु शारीरिक रुपमा असक्तता भएर जीवनभरको क्षति व्यहोरिरहेको छ । त्यसैगरी संसारभरी करीब ८५.७ करोड बालबालिकाहरु लेडको सिधा सम्पर्कमा आएर प्रभावित भैरहेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परीषद लगायतका संस्थाहरुले चार–चार पटकको बालबालिकाको रगतमा लेड सम्बन्धि गरीएका अध्यनहरुले ६५ देखि १०० सम्म बालबालिकाहरु लेडको उच्च जोखिममा रहेको अध्ययनहरुले देखाएकोले सम्बन्धित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य समुदायहरुले सबै बालबालिकाको शरीरमा लेडको अध्यन, नियन्त्रण तथा सम्बन्धित स्वास्थ्य समस्याको समाधानमा तत्काल लाग्नुपर्ने परिषदका बरिष्ठ अनुसन्धान अधिकृत डा.मेघनाथ धिमालको सुझाव रहको थियो ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले वि.सं २०७४ र २०७५ गरी २७ पेन्ट्स उद्योगहरुका ५६ वटा इनामेल पेन्ट्सहरुमा गरीएको मापदण्डको प्रभावकारीता सम्बन्धी अध्ययनले मापदण्ड परीपालनाको अवस्था (६०∞)मात्र रहेको पाईएको थियो । जुनवातावरण मन्त्रालय स्वयंले २०७३मागरेको अध्यनले देखाएको परीपाल्नाको अवस्था (३०∞) भन्दा दोबरले सुधार देखिएपनि कुनै–कुनै पेन्टहरुमा अझै अत्यधिक मात्रामा (७५०४९ पि.पि.एम., अर्थात मापदण्ड भन्दा ८३३ गुणा बढी.) सम्म लेड पाईरहेको अवस्थामा पेन्टमा लेडको मापदण्डको पूर्ण परिपालना र प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले जोडदार माग गर्नुभयो ।

मापदण्डको अझ कडाईको साथ निरन्तर रुपमा बजार अनुगमन एवं पेन्टहरुको प्रयोगशाला परीक्षण गर्ने सम्बन्धित विभाग (वातावरण विभाग र गुणस्तर तथा नापतौल विभाग)हरुको तयारी भैरहेको वातावरण विभागका वरिष्ठ वातावरण निरीक्षक भुपेन्द्र शर्माले बताउनुहुँदै अन्तर्राष्ट्रीय सचेतना सप्ताह मनाउन विभागको निरन्तर सहयोग र ऐक्यबद्धता रहेको बताउनुभयो ।

मानव स्वास्थ्यको लागि लेडको कुनै पनि सुरक्षित सिमा नहुने भएकोले बालबालिका लगायत आमजनताको स्वास्थ्य तथा वातावरण संरक्षण गर्न लेडयूक्त पेन्ट उन्मूलनका लागि पेन्टमा लेड सम्बन्धी सरकारी मापदण्ड प्रभावकारी कार्यान्वयन र सम्बन्धित अन्य ऐन, कानून, नीतीनियमावली र निर्देशिकाहरु जस्तै बिल्डिङ कोड, हरित बिल्डिङ निर्देशिका, नेपाल गुणस्तर चिन्ह (ल्क् ःब्च्प्०हरु प्रदान गर्दाको समय अनिवार्य सुचकको रुपमा लेड पेन्ट सम्बन्धी मापदण्डको परीपालना गर्ने गराउने गरी भरपुर व्यवस्थाको सुनिस्चितताका लागि आवस्यक पहल गर्नुपर्ने आवश्यक्ता महशूस गरिएको थियो ।

कार्यक्रममा फेसन पेन्टका निर्देशक एवं उद्योगी संकर बञ्जाडेले लेडयूक्त पेन्ट उन्मुलनका निम्ति अन्तर्राष्ट्रिय सन्जाल (न्ब्भ्ीए) को सदस्य बन्नका लागि आफ्ना उत्पादन परिमार्जन गरी मापदण्ड परीपालना गर्दै गएको प्रयास बारे बताएको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघका बरिष्ठ उपाध्यक्ष मोहन कटुवालले पेन्ट उद्योग लगायत अन्य सबै औद्योगिक प्रष्ठिानहरुले जवाफदेहीतापुर्ण उत्पादन मात्रै नगरी उत्पादित पेन्ट लगायतका वस्तुहरुको जवाफदेहीतापुर्ण आयात, निर्यात, विक्रीवितरण र खासगरी प्रचारप्रसारमा पनि ध्यान पुर्याउनुपर्ने बेला आएको छ ।

पेन्ट लगायत कुनै पनि आयातित वा नेपालमै उत्पादित वस्तुहरुको प्रचारप्रसार गर्ने गराउने कलाकार, हास्यकलाकार, सेलेब्रेटी र मोडेलहरु लगायत सञ्चार माध्यमहरुले पनि ती वस्तुहरुले जनस्वास्थ्य र वातावरणमा पार्न सक्ने असरहरुको बारेमा र सम्बन्धित वस्तुहरुको बारेमा नेपाल सरकारले तोकेको ऐन, नियमावली र मापदण्डको बारेमा हेक्का राखी जवाफदेहीतापुर्ण प्रचारप्रसारमा मात्र जोड दिनुपर्दछ । राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भ्रामक र भड्किलो प्रचारप्रसार गरी उपभोक्ता ठग्नु कानुनतः अपराध हो भन्नुभयो । आम उपभोक्ताको स्वास्थ्य र वातावरण सँग खेलबाड तथा कमसल एवं किफायती मालसामानमा कुनै पनि उद्योगी र व्यापारीबाट गन्र्र नहुने धारणा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यक्त गर्नुभयो ।

साथै लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको मूख्य सन्देश “लेडयूक्त पेन्टमा पुर्ण प्रतिबन्ध लगाउनुपर्ने बेला आएको”आमजनता समक्ष सबैले पुर्याउनुपर्नेमाजोड दिँदै सचेतना सप्ताहको पुर्ण सफताको कामना गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम यसरी सम्पन्न हुँदैछ : 
(क) लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताह सुभारम्भ प्रेस सम्मेलन, रिपोर्टस कलब, भृकुटीमण्डप, काठमाण्डा , २०७६ कार्तिक ३ गते, दिउँसो १ देखी ३ बजे सम्म ।

(ख) लेडमुक्त बालबालिका र लेडमुक्त स्कूल सम्बन्धि कीर्तिपुर स्थित सुभकामणा ऐकेडेमीका शिक्षक, स्कूल प्रशासन, विद्यार्थीहरुलाई प्रशिक्षण तथा अभिमुखिकरण तालिम, २०७६ कार्तिक ४ गते, विहान ७ देखी ९ बजे सम्म ।

(ग) बालबालिकाको रगतमा लेडको मात्रा नियन्त्रण र समस्या समाधानका लागि चिकित्सक र मेडिकल समुदायसँग अन्तरकृया कार्यक्रम, महराजगञ्ज मेडिकल कलेज, क्ष्इः, त्ग् काठमाडौंमा, २०७६ कार्तिक ५ गते विहान ९ः३० ̶१२ः३० सम्म ।

(घ) पेन्टमा लेडको मापदण्डको प्रभावकारी कार्यान्वयन सम्बन्धी कार्यशाला गोष्ठि, दिपसागर होटल, न्यूरोड, पोखरा कास्कि , २०७६ कार्तिक ७ गते विहिबार , विहान ९ः३० देखी ४ बजे सम्म ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij