२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

सिडेनको विधान संशोधन, संस्थालाई संघीय संरचना बमोजिम अघी बढाइने

सिडेनको विधान संशोधन, संस्थालाई संघीय संरचना बमोजिम अघी बढाइने

सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर (CDEN) को विधान संशोधन भएको छ ।  संस्थाको साधारणसभाबाट संशोधन गरिएको विधान बमोजिम सिडेनलाई स्थानीय तथा संघीय संरचना बमोजिम अघी बढाइने भएको छ । यसको साथै संशोधित विधानमा संस्थामा आजीवन सदस्यताको व्यवस्था समेत गरिएको संस्थाका महासचिव विनोद प्रकाश पण्डितले बताउनुभएको छ ।

प्र्रजातान्त्रिक इन्जिनियरहरुको हकहित र अधिकारको लागि काम गर्दै आएको यस सिडेनले आगामी दिनमा संघीय संरचना बमोजिम देशभर आफ्ना गतिविधिहरुलाई तीव्र रुपमा अघी बढाउन सहज हुने अपेक्षाले विधान संशोधन गरेको हो ।

यसको अलावा समय–समयमा सदस्य इन्जिनियरहरुको क्षमता अभिवृद्धिको तालिम, गोष्ठी तथा छलफल लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको यस संस्थाले छिट्टै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी तथा गोष्ठी समेत आयोजना गर्न लागेको छ ।

उक्त प्रदर्शनीले नेपाली इन्जिनियरहरुलाई विश्वबजारमा विकास भएका आधुनिक प्रविधिहरुको बारेमा जानकारी प्राप्त हुनुको अलावा नेपाली इन्जिनियरहरुलाई अन्तराष्ट्रिय रुपमा प्रतिष्ठित अनुभवी व्यक्तिहरुसँग भलाकुसारी एवं ज्ञान, सीप र अनुभव आदानप्रदानमा समेत सहजता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij