काठमाडौं उपत्यकामा मालवाहक सवारी साधनहरुलाई सञ्चालन तथा प्रवेशमा रोक लगाइने निर्णयकाे विराेधमा व्यवसायीहरू एकजुट हुन थालेका छन् ।
याताया ब्यबस्था बिभागले ल्याउन लागेको नियमकाे विषयलाइ लिएर नेपाल उद्याेग बाणिज्य महासंघ प्रदेश ३ र नेपाल बितरक संघ, ललितपुर उद्याेग वाणिज्य संघ लगायतका संस्थाहरू एकजुट भइ यस नियमकाे विराेध स्वरूप विभिन्न कार्यक्रमहरू अघी बढाउन लागेका छन् ।

नेपाल उद्याेग वाणिज्य महासंघ प्रदेश ३ अध्यक्ष दिनेश श्रेष्ठ, नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठ लगायतले मालवाहक सवारी सञ्चालन सम्बन्धी नियमलाइ लिएर बिभागका महानिर्देशक कुमार दाहाललाइ भेटी नयाँ नियमले पर्न जाने अप्ठ्यारा परिस्थिति र नाेक्सानी बारे जानकारी गराउँदै उपभाेग्य वस्तुकाे अाेसारपसारमा यस्ताे नियम व्यावहारिक नहुने समेत बताएका छन् ।
यसैकारण नयाँ सरकारी नियमले उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा असर पर्ने कुरालाइ विचार गर्दै यसलाई सच्याउन माग गरेका हुन् । साथै व्यवसायीहरूले यसअघि को यातायात व्यवस्था बिभाग्को निर्णय अनुसार ब्यबस्था गर्न पनि सुझाव दिएका छन् । महासघ अध्यक्ष श्रेष्ठले पठाएको पत्रमा नयाँ व्यवस्थाले औद्योगिक उत्पादन लगायत खाद्यान्न र अन्य दैनिक उपभोग्य वस्तुहरु तथा निर्माण सामाग्रीकोे राजधानी भित्र हुने आपूर्ति व्यवस्थामा गम्भीर असर पुग्ने उल्लेख छ ।
सरकारले काठमाडाैं उपत्यकाका विभिन्न ठाउँहरूलाइ लक्षित गरी मालवाहक सवारी सञ्चालनमा राेक लगाउने निर्णय गरेकाे हाे ।
यातायात व्यवस्था विभागकाे नयाँ नियम अनुसार काठमाडाैं उपत्यकाका भित्री सबै क्षेत्रहरूकाे अलावा काठमाडाैं रिङराेड बाहिरका विभिन्न क्षेत्रमा समेत विहान ८ बजे देखि बेलुका ७ बजे सम्म मालवाहक सवारी गुडाउन नपाउने व्यवस्था छ । याे नियम असार १ बाट लागु हुने बताइएकाे छ ।
यता व्यवसायीहरूले भने बेलुका ७ बजेपछि ढुवानी गर्न लोड–अनलोड गर्न श्रमिकको अभाव, खुद्रा पसल बन्द भई सक्ने, सुरक्षा लगायतका विविध कारण देखाउँदै निर्णय सच्याउन र सहज व्यावसायिक परिस्थिति निर्माण गरिदिन अाग्रह गरेका हुन् ।