२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

ट्राफिक प्रहरी महाशाखा रामशाहपथलाई नाडाबाट कुर्सी हस्तान्तरण

ट्राफिक प्रहरी महाशाखा रामशाहपथलाई नाडाबाट कुर्सी हस्तान्तरण

आज मिति २०७५ साल चैत्र १९ गते मङ्गलबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरिय ट्राफिक प्रहरी महाशाखालाई विशेष कार्यक्रम गरी ७० थान कुर्चि प्रदान गरेको छ ।

उक्त कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले उक्त कार्यक्रमा महाशाखाका प्रमुख बसन्त पन्तलाई उक्त कुर्चिहरु हस्तान्तरण गर्नु भएको थियो ।

सो कार्यक्रममा नाडाका उपाध्यक्षद्धय कृष्णप्रसाद दुलाल तथा प्रकाश कपुरी उपस्थित हुनु भएको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा महाशाखाका उच्च अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । नाडाले विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका समय देखि नै सो महाशाखालाई विभिन्न किसिमको सहयोग पुर्याउँदै आएको छ । यस्तो आपसी सहयोग र समन्वयबाट नाडा र महाशाखा विचको सम्बन्ध थप सुदृढ भएको नाडाले जनाएको छ । नाडाकोतर्फबाट उक्त कार्यको संयोजन महासचिव सुनिल रिजाल र सचिव अनुप बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij