
तिल कुमारी शर्मा,विराटनगर ।
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय विराटनगरको आयोजनामा संचालित अभिकर्ता आधारभूत तालिम सम्पन्न भएको छ।
तीनदिन सम्म संचालित उक्त तालिममा यस कम्पनीको परिचय, यसका व्यवस्थापकिय पक्ष, जीवन बीमा भनेको केहो, बीमाको महत्व, यसका प्रकार, जोखिमले हाम्रो जीवनमा पार्ने असरहरू, चुनौती र समाधानका उपायहरु, बिमाका सिद्धान्त र यसका प्रोडक्टहरुका बारेमा प्रशिक्षण दिइएको थियो ।
त्यसैगरी रिलायन्स साथीका प्रमुख कामहरू तथा रिलायन्स साथीमा हुनुपर्ने गुणहरू लगायतका विषयहरु तालिममा समेटिएको थियो। तालिममा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय विराटनगरका शाखा प्रमुख सन्तोष अधिकारी र एजेन्सी म्यानेजर नवराज निरौलाले प्रशिक्षण दिनुभएको थियो।
सिद्धार्थ बैंक लिमिटेड, आँगन होटल लगायत अन्य प्रतिष्ठित व्यापारिक घरानाहरुद्वारा प्रवर्द्धित यस कम्पनीमा दुई अर्ब १०करोड जारी पुँजी र एक अर्ब ४७ करोड चुक्ता पुँजी रहेकोछ।
यस कम्पनीले २०६४ साल मंसिर १९ गते नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति हुँदै स्वीकृति प्राप्त गरि २०७४ साल मंसिर १गतेदेखि व्यावसायिक कारोबार शुरु गरेको जनाएको छ। 
हालसम्म आफ्ना ६८ वटा शाखा कार्यालय र २०वटा उपशाखा विस्तार गर्न सफल भएको कम्पनीको दावी छ।
कम्पनीले गत फागुन ११ गते औपचारिक रुपमा विराटनगरमा शाखा कार्यालय स्थापना गरी सकेको छ।
छोटो समयमा नै कम्पनीले फड्को मार्न सफल हुनमा कम्पनीले निकालेका प्रोडक्टहरु र उपभोक्ताहरुको बिश्वास र भरोसा नै रहेको दावी गर्नुहुन्छ शाखा प्रमुख अधिकारी।
उहाँका अनुसार खुलेर जिऔं भन्ने लोगो र नाराका साथ सुरु भएको यस कम्पनीले हालसम्म सात वटा प्रोडक्टहरु निकालेका छन्। जुन प्रोडक्टहरु जनमूखी रहेको दाबी गर्दै भन्नुहुन्छ ”हाम्रो कम्पनीले निकालेका सातै वटा प्रोडक्टहरु सबै खाले उपभोक्तालाई मिल्ने खालका छन्।
कम्पनीका प्रडक्टहरु
१. मेरो मुटु- बाल योजना मेरो मुटुको उज्वल भविष्यको लागि
२.१८ वटा घातक रोगहरू विरुद्धको रक्षावरण
३.जीवन शान्ति बीमा योजना
४.सुरक्षित जीवन बीमा योजना (सावधिक)
५.सुखमय जीवन बीमा योजना (सावधिक र आजीवन)
६.धन फिर्ता बीमा योजना १५ र २० वर्ष
७. मुद्दती निक्षेप सुरक्षा योजना।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij