२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

दर्जनाैँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

दर्जनाैँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

Patients eating lunch at the Briddhashram Home for the Dying as a dog hungrily looks on, Pasupati, Kathmandu, Nepal, July 17, 2011.

लमजुङ – ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु पर्यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् ।

Patients eating lunch at the Briddhashram Home for the Dying as a dog hungrily looks on, Pasupati, Kathmandu, Nepal, July 17, 2011.

लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर चिनिन्थ्यो । तर घिमिरे वृद्ध अवस्थामा बेसाहार बन्नु परेको छ । पहिले कक्षा ८ उत्र्तिण गरेपछि स्कुलमा पढाउन पाउने चलन थियो । ‘त्यसबेल संस्कृतमा तिक्ष्ण थिएँ, सबैको हाइहाई थियो,’ घिमिरेले भने, ‘१० कक्षा पास गरेको थिएँ, संस्कृत पढाउने राम्रो मास्टर भन्दै तानातान हुन्थ्यो ।’

उनकै पहलमा दर्जन विद्यालयहरु खुलेका थिए । उनले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय उच्च मावि बाहुनडाँडादेखि चितवनको शशिनगर निमाविसम्म छन् । ‘शिक्षण पेशामा २५ वर्षभन्दा बढी बिताएँ,’ घिमिरेले भने, ‘अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्र बाहेक अरु केही छैन ।’ यो समाचार सन्देश पौडेलले कारोबार दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij