अबैध रुपमा लुकाईछिपाई ल्याएको करिव ४ किलो सुन सहित ३ जना पक्राउ गरेका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धदिङले विहिवार राती ९: ४५ मा पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा जिल्ला रसुवा उत्तरगया गाउपालिका वडा ३ बस्ने बर्ष २७ को संन्जित वाईबा नुवाकोट जिल्ला तार्केश्वर गाउपालिका वडा नं. ५ बस्ने बर्ष २२ को सुरेन्द्र तामाङ र नुवाकोट तार्केश्वर गाउपालिका वडा नं. ५ नै बस्ने बर्ष २४ को बिकाश तामाङ रहेका छन् ।

उनीहरुलाई पौष १९ गते धादिङ गजुरी गाउ पालिका १ सिदेश्वर मन्दिर अगाडी बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय धदिङले पक्राउ गरेको हो। धदिङ गल्छीबाट गजुरीतर्फ आउदै गरेको बा ८७ प ७७३१ नम्बरको पल्सर मोटरसाइकल र प्रदेश ३- ०२-००३ प २५४० नम्बरको मोटरसाइकललाई प्रहरी टोलीले चेकजाच गर्दा निजहरुको मोटरसाइकमा फल्स बटम बनाई लुकाई ल्याएको अवस्थामा एक/एक किलो बराबरको ४ थान सुन भेटिएको हो। उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय धदिङले जानकारी दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij