काठमाडौं । काठमाडौंको कीर्तिपुरमा दुई जना बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कीर्तिपुर–७, हनुमानघाट बस्ने २५ वर्षीय हेम खत्री छन् ।
उनलाई महानगरीय प्रहरी वृत्त, कीर्तिपुरका डिएसपी अनिलकुमार खड्काको टोलीले आइतबार नियन्त्रणमा लिएको हो । त्यस्तै, पीडित बालिकाको उद्दार गरिएको छ । प्रहरीका अनुसार १४ र १३ वर्षका ती दुई बालिका ४ दिनअघिदेखि हराइरहेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij