२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

म्हेन्दोमाया कलाकार संघको अध्यक्षतामा आरम्भ तामाङ सर्बसम्मित निर्बाचित !

म्हेन्दोमाया कलाकार संघको अध्यक्षतामा आरम्भ तामाङ सर्बसम्मित निर्बाचित !

दिपक घिमिरे नुवाकोट तामाङहरुको पहिचान, भेषभुषा, कला, संस्कार र संस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्दै नेपाल लगायत अन्य देशहरुमा समेत आफ्नो बेग्लै इतिहास बनाउन सफल म्हेन्दोमाया कलाकार संघले धदिङ् जिल्लास्थित रुबिभ्याली गाउपलिकामा पनि नयाँ समिती कार्य समिती गठन भएको छ । गायक एवं चर्चित तामाङ गित रचनाकार, संगीतकार, फिल्मको नायक एवं सह निर्देशक  आरम्भ तामाङ, को अध्यक्षतामा ९ सदस्य को नयाँ कार्यसमिती चयन् गरेका छन।  त्यसै गरि उपाध्यक्ष रमेश तामाङ ,सचिब जयबिर तामाङ सहसचिव राज गोम्ज तामाङ,कोषाध्यक्ष छिमी मम्बा सह कोषाध्यक्ष बिनिता तामाङ चयन भएका छन् | यसैगरी कार्यकारी सदस्यहरुमा शान्ती घले, मिका रानी घले र बिमल तामाङ पदमा सर्बसम्मित निर्बाचित हुनु भएको छ ।


नयाँ कार्य समिती सदस्यहरुमा

अध्यक्ष : आरम्भ तामाङ
उपाध्यक्ष : रमेश तामाङ
सचीव : जयबिर तामाङ
सहसचिव : राज गोम्ज तामाङ
कोषाध्यक्ष : छिमी मम्बा
सह कोषाध्यक्ष : बिनिता तामाङ

सदस्य : शान्ती घले
सदस्य : मिका रानी घले
सदस्य : बिमल तामाङ

तामाङ जातिको भाषा , कला , संस्कृति , रितिरिवाजलाई जगेर्ना गर्ने हेतुले यस कार्य समिती गठन गरिएको नयाँ कार्य समिती  अध्यक्ष आरम्भ तामाङले  बताएका छन।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij