२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

विदेशमा बस्ने नेपालीकाे मताधिकार सुरक्षित, भाेट हाल्न पाउने

विदेशमा बस्ने नेपालीकाे मताधिकार सुरक्षित, भाेट हाल्न पाउने

काठमाण्डौ । अब विदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने विषय बहसमा आएको छ । सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था गर्न आदेश जारी गरेसँगै निर्वाचन आयोगले प्रक्रिया पनि अगाडि बढाएको छ ।

सर्वोच्च अदालतले गत चैतमै गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने विषयले अहिले थप चर्चा पाए संगै कार्यान्वयन सूरु भएको हो । संविधानले प्रत्येक वालिग नागरिकको मताधिकार प्रयोगको हक सुनिश्चित गरेको सन्दर्भमा अब अदालतको समेत आदेश आइसकेपछि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको प्रबन्ध मिलाउनुपर्ने दायित्व सरकारको काँधमा आएको छ । अब यो व्यवस्था कार्यान्वयन गर्न निर्वाचन आयोग लागेको हो ।

लामो समयदेखि विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था गर्नेबारे छलफल भएता पनि धेरै कारणले गर्दा प्रकृया अगाडि बढ्न सकेको थिएन । यो व्यवस्था लागू भएपनि विदेश भएका सबै नेपालीले मतदान गर्न भने नपाउने आयोगका प्रवक्ता दिपक सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij