बलात्कारपछि हत्याको घटनामा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको छ ।
कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले गोली चलेको पुष्टि गरे । प्रहरीले गोली लागेर ४ जना घाइते भएका छन् ।
निर्मला पन्तको हत्या प्रकरणमा एमाले नेता भीमबहादुर रावलले दिएको अभिव्यक्तिको बिरोध गर्दै नेपाल विद्यार्थी संघले शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगाडि प्रदर्शन गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij