२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

जनअाकाश मिडिया दशाैं बर्षमा

जनअाकाश मिडिया दशाैं बर्षमा

जनआकाश मिडियाले १० बर्ष पूरा गरेको छ । जनआकाश साप्ताहिक सञ्चालन गर्दै आएको यस मिडियाले ११ बर्ष प्रवेशको अवसरमा एक औपचारिक कार्यक्रम बीच विभिन्न क्षेत्रमा योगदान दिएका १५ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसी, कृषि मन्त्रालयका सहसचिव योगेन्द्र कुमार कार्की, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नेपाल टेलिकमकी कामिनी राजभण्डारी, एनआइसि एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोसन कुमार न्यौपाने, समाजसेवी पशुपति गुरुङ, गीतकार प्राज्ञ उन्नती वोहोरा ‘शीला’, खेल प्रशिक्षक हरिशरण केसी, साहित्यकार जलेश्वरी श्रेष्ठ, कलाकार प्रकाश कटुवाल, चलचित्र निर्देशक माधवराज खरेल, कलाकार सुशान्त कार्की, पत्रकार नवराज श्रेष्ठ, नमुना कृषक रङ्गदान तामाङ रहेका छन् ।


कार्यक्रम सिपी मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उद्यमी, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रमलाई विशेष सहयोग पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij