२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

उपत्यकासहित देशका ठूला नदीमा बाढी, सतर्क रहन आग्रह

उपत्यकासहित देशका ठूला नदीमा बाढी, सतर्क रहन आग्रह

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोविखोला, रुद्रमतीलगायत देशभरका ठूला नदीमा बाढी आएको छ । अहिले ठूला नदीहरु कालिगण्डकी, अरुण, सुनकोशी, तमोर र सप्तकोशीमा पानीको सतह खतराको तह नजिकै पुगेको छ । अबको एक दुई घण्टामा कोशीको चतराभन्दा तल सप्तरी र सुनसरीमा डुबानको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

यस्तै पर्वतको कुस्मा कालिगण्डकीमा बाढी आएको छ । बुधबार बाग्लुङ, गुल्मी, स्याङजा, पाल्पा, तनहुँ, नवरपरासीको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै नारायणी नदीमा पानीको सतह सतर्कता तह पार गर्ने अनुमान छ ।

मंगलबार राति सिन्धुपाल्चोकको जुरे आसपास १ सय मिलिमिटर भन्दा धेरै पानी परेपछि त्यहाँका बासिन्दालाई सावधानी अपनाउन बाढी पुर्वानुमान शाखाले आग्रह गर्दै एसएमएस पठाएको छ । विशेषगरी जुरेमा पहिरो गएको ठाउँमा बस्नेले सचेत हुनुपर्ने शाखाका बाढीविज्ञ विनोद पराजुलीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij