सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी आइतबारदेखि वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले सम्हालेका छन् । कामु प्रधानन्यायाधीश दिपकराज जोशी बिदामा बसेपछि दोस्रो वरियताका वरिष्ठ न्यायाधीश मिश्रले जिम्मेवारी सम्हालेका हुन् ।
प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश जोशीलाई संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बसेकाे बैठकले अस्वीकृत गरेपछि आइतबारबाट बिदामा बसेका थिए ।
जोशी बिदामा बसेपछि वरिष्ठ न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशका जिम्मेवारी सम्हालेका हुन् । मिश्रले आइतबारबाट सम्हालेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए ।