२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशका सांसदहरुसँग छलफल गर्दै

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशका सांसदहरुसँग छलफल गर्दै

स्थानीय विकास निर्माण, समस्या र समसामयिक राजनीतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशका सांसदहरुसंग छलफल गर्दै छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा अपरान्ह ४ बजेपछि हुने छलफलमा स्थानीय तहको विकास योजना, तीनको कार्यान्वयन तथा जनगुनासो लगायतका विषयमा अन्र्त्क्रिया हुने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

सो क्रममा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वय, बजेट लगायत बिषयमा सांसदहरुको धारणा र सुझाव संकलन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले प्रदेश २ र ३ बाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij