२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नेपालले आज दोस्रो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै

नेपालले आज दोस्रो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दै

नेपालले पहिलो वन डे अन्तर्रा्ष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज दोस्रो तथा अन्तिम खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । 

गत बुधबार पहिलो खेलमा घरेलु टोलीसँग हारेको नेपाल आज खेल जितेर हिसाब बराबर गर्ने लक्ष्यसहित मैदानमा उत्रने छ । बुधबारको खेललाई नै आफ्नो अन्तिम अन्तर्रा्ष्ट्रिय खेल बनाएका शक्ति गौचन आज मैदान छिर्ने छैनन् । यस्तै, नेपालले अनुभवी खेलाडी शरद भेषावकरलाई पनि चोटका कारण गुमाउने निश्चित भएको छ ।

फिल्डिङ गर्दा शरदको औंलामा चोट लागेको थियो । टोलीमा मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलको पुनरागमन निश्चित भएको छ । पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित भएको थियो ।

पहिलो खेलमा राम्रो बलिङ गरे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमले दोस्रो खेलमा त्यसलाई सुधार्ने पक्षमा छ । नेदरल्याण्डस्का कप्तानले नेपाली टिम राम्रो भए पनि पहिलो खेलमा भाग्यले जितेको धारणा व्यक्त गरेका थिए ।

नेपालले जित हात पारेमा दुई खेलको श्रृखंला बराबरी गर्ने राम्रो मौका हुनेछ । पहिलो खेलमा टिममा भएका कमिकमजोरीलाई हटाउदै जित्नैपर्ने दबाबमा नेपाल छ ।

पहिलो अन्तर्रा्ष्ट्रिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खेल्ने बाटो नेपाललाई पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij