२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

भारतले स्यानिटरी प्याडको कर हटायो

भारतले स्यानिटरी प्याडको कर हटायो

महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याडमा लगाईएको १२ प्रतिशतको कर भारत सरकारले हटाएको छ । मुलुकमा खपत हुने सम्पूर्ण वस्तु तथा सेवामा लगाईएको जिएसटी हटाईएको छ ।

भारतमा प्रत्येक ५ मध्ये ४ महिला महिनावारी स्वास्थ्यका सामाग्रीबाट बञ्चित रहेको तत्थ्याङ्क सार्वजनिक भएसंगै भारत सरकारले सो निर्णय गरेको हो ।

सरकारले विलासिताको सामाग्री अन्तर्गत राखी वस्तु तथा सेवा कर लगाईएको भन्दै चर्को विरोधका कारण कर हटाईएको हो । १२ प्रतिशत करले महिलाको पहुँचलाई अझै अप्ठ्यारो पारेको अभियान कर्ताले बताएका थिए ।

महिनावारी शुरु भएपछिको उमेरका बालिकाले विद्यालय छाड्ने लगायतका समस्याले महिला स्वास्थ्य र वृद्धिविकासमा समेत असर पारेकाले कर हटाउँदा केही राहत हुने महिनावारी स्वास्थ्य अभियान्ता सुर्भि सिहँले बताएका छन् ।

पुराना कपडा, बोरा लगाएतका वस्तुको प्रयोगले महिला स्वास्थ्यमा परेको गम्भीर असर प्रति भारतमा हस्ताक्षर अभियान चलाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij