जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौं आएका छन् । स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । 
झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका थिए । घाइते प्रहरीको मृत्यु भैसकेको छ । अस्पतालमा भएको झडपबाट डा. गोविन्द केसी निकै दुखी भएका छन् । उनले रुँदै म काठमाडौं जान्छु भन्दै अस्पतालबाट बाहिरिएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij