२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आसन्न युरोप ‘टुर’पछि सन्न्यास लिने भएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गौचनले नेदरल्यान्ड्सविरुद्धको ऐतिहासिक एक  दिवसीय क्रिकेट शृंखलापछि सन्न्यास लिने घोषणा गरेका हुन् ।

तर, गौचनको सन्न्यासको आधिकारिक घोषणा भने नेपालमा हुने कुनै अन्तर्राष्ट्रिय खेलकाक्रममा गरिनेछ ।

सम्भवतः नेपालले अब आयोजना गर्ने सिनियर टोलीको पहिलो अन्तर्राष्ट्रिय खेलबाटै ३४ वर्षीय गौचनको सन्न्यास हुनसक्छ ।

गौचनले नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट लगातार १६ वर्ष खेलेका छन् । सन् २००२ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका गौचन नेपालका सफल खेलाडीहरुको सूचीमा अग्रपंक्तिमा आउछन् ।

उनी हाल बुटवलस्थित न्यू होराइजन स्कुलका क्रिकेट प्रशिक्षक पनि हुन् ।

राष्ट्रिय टोलीबाट सन्न्यास लिएपनि आफ्नो जीवन क्रिकेटमा नै समर्पण गर्ने गौचनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij