२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्यका साथै आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, नीति तथा कार्यक्रमलाई दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको बताउनुभयो ।

मौद्रिक नीतिमा वित्तीय क्षेत्र सुधारका लागि भन्दै नेपाल राष्ट्र बैंक ऐन २०५८ र बैंक तथा वित्तीय संस्था ऐन २०७३ लाई आवश्यक संशोधन गर्ने जनाइएको छ ।

त्यसैगरी पूर्वाधार विकास बैंकको स्थापना र सञ्चालनको लागि आवश्यक नियमन, निरीक्षण र सुपरीवेक्षणसम्बन्धी नीतिगत व्यवस्था तर्जुमा गरिने कुरा मौद्रिक नीतिमा उल्लेख छ । सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धि ८ प्रतिशतको हाराहारीमा पुर्याउने लक्ष्य लिएको छ । त्यसैगरी उपभोक्ता मुद्रास्फीतिलाई ६ दशमलव ५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखिएको छ। आर्थिक वृद्धिको उक्त लक्ष्य प्राप्त गर्नका लागि सहजीकरण गर्न रोजगारी प्रवद्र्धन र उद्यमशीलता विकासका लागि वित्तीय साधनको परिचालनमा मौद्रिक नीतिले जोड दिएको छ ।,यो खबर आजकोनेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij