वीरगञ्जको गहवाका भिखारी रामको हत्यामा संलग्न तीन जनालाई प्रहरीले १५ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कलैया घरभई वीरगञ्ज बस्दै आएका ४० वर्षीय महजिद मिया हजाम, सर्लाही बरथवा १० का ४२ वर्षीय भरत थापा र पोखरा लेखनाथ नगरपालिका १ का २९ वर्षीय विजय नेपाली रहेको पर्साका प्रहरी उपरीक्षक रेवतीरमण घिमिरेले जानकारी दिए।
वीरगञ्ज ८ गहवा निवासी पशुपति बैण्डका सञ्चालक समेत रहेका रामको गएको १० गते राति हत्या गरिएको अवस्थामा घर नजिकै नेपाल टेलीकमको पछाडिपट्टि रहेको सडकमा शव फेला परेको थियो ।
पक्राउ परेका तीनैजना अभियुक्त मध्ये अत्याधिक मादक पदार्थ सेवन गरेका महजिद मियाँ हजामले सामान्य विवादमा भिखारी रामको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।
पक्राउ परेकालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij