एक विवाह कार्यक्रमका लागि दिल्लीदेखि मिठाइ बनाउन पोखरा आएका एक भारतीय नागरिक ६ दिनदेखि बेपत्ता भएका छन् । 
पोखरा ग्रान्ड होटलमा भएको विवाह कार्यक्रममा मिठाइ बनाउन आएका दिल्ली सूलेमान नगर भन्ने ठाउँका ३५ वषर्ीय महेश रौटेला २१ गतेदेखि बेपत्ता भएका हुन् ।
जनकपुरका बेहुला र दिल्लीकी बेहुलीबीच पोखरा ग्रान्ड होटलमा भएको वैवाहिक कार्यक्रममा मिठाइ बनाउन उनलाई झिकाइएको थियो । पोखरा आउने क्रममा ड्यामसाइडस्थित फेवातालको पुछार चेकड्यामभन्दा केही तल पौडी खेल्ने क्रममा रौटेला बेपत्ता भएको प्रहरीले बतायो ।
चेकड्यामभन्दा केही तलबाट फेवातालको पानी जमिनमुनि हुँदै पाताले छाँगोतिर सेतीमा मिसिन्छ । उनी बेपत्ता भएलगत्तै विशेष उद्दार टोलीले २/३ दिनसम्म खोजी गर्दा पनि उनको पत्तो नलागेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नवीन कार्कीले बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij