काठमाडाैं । असार २४ गते आइतबारका दिन विहान ८ बजे देखिन २ बजे सम्म स्किम कलेजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
स्किम कलेजमा अध्यननरत आषिश रिजालको आजभन्दा छ महिना अगाडि बालाजुको बाइपास ,एकनम्बर वाहिनी नजिकै दुर्घटनामा निधन भएको थियो ।
जीवन एउटा जटिल विषय हो , जीवनको संघर्षको दौरानमा उनी स्किम कलेजमा इन्जिनियर अध्ययन गर्दै थिए , कलेज जाँदै गर्दा बसबाट खसेर निधन भएको थियो ।
स्किमकलेज र आषिश रिजाल स्मृति प्रतिष्ठानले उनको अर्धवार्षिकीको अवसरमा रक्तदान गरेर महत्वपूर्ण कार्यको थालनी गरेका छन् । आषिश रिजालकी सानीआमाको संयोजकत्वमा उक्तकार्यक्रम भएको हो । उक्त अवसरमा रक्तसञ्चार सेवा केन्द्रकी श्री चन्द्रागिरीले रक्तदानका बारेमा कलेजका भाइबैनीहरूलाई प्रष्ट्याउँनु भए पछि रक्तदान कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा गिरीका प्रवचनले भाइवैनिहरू निकै प्रफुल्लित भएका देखिन्थे । कलेजका छात्राहरू पनि निकै उल्लासमय वातावरणमा रक्तदान दिन उपस्थित भए पनि कतिपयका ओजन ,प्रेसर नमिलेकाले रक्तदान गर्न पाएनन् । जीवन बचाउँनका निम्ति रक्तदान गर्नुपर्छ ,एकथोपा रगतले अरु कुनै जीवको प्राणले बाँच्न सक्छ भने हामी सबै मानव जातीले रगत दान गर्नुपर्छ भन्दै रक्तदान गरिएको थियो ।
उक्त अवसरमा ५३ जनाले रक्तदान गर्नुभएको अायाेजक सचिव वैरागी जेठाले बताए । साथै उनले आषिश रिजाल स्मृति प्रतिष्ठान र स्किम कलेज नयाँवानेश्वर परिवार तथा सबै रक्तदाताहरूमा हार्दिक आभार व्यक्त गरेका छन् ।