उद्योगी र ट्रेड युनियनका नेताहरुबिच साउन १ गतेदेखि मजदुरहरुको न्युनतम तलब १३ हजार ७ सय बनाउने सहमति नजिक पुगेका छन् । आइतबार बिहानै देखि उद्योगी, ट्रेड युनियन प्रतिनिधी र सरकारी पक्ष सम्मिलित न्युनतम पारिश्रमिक निर्धारण समितिको बैठकमा उनीहरु सहमति नजिक पुगेका हुन् ।
यद्यपी हालसम्म उद्योगहरुले भने हाल कायम रहेको ९ हजार ७ सय तलबमा ३ हजार ४ सय रुपैंयाँ बढाउन सकिने बताईरहेका छन् । तर अन्तिममा हाल कायम रहेको तलबमा ४ हजार वृद्धि गरेर १३ हजार ७ सय रुपैंयाँ बनाउने सहमति बारे छलफल भइरहेकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij