२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

लामो समय बोलेर विश्व कीर्तिमानको तयारीमा अनन्तराम केसी

लामो समय बोलेर विश्व कीर्तिमानको तयारीमा अनन्तराम केसी

प्रखर वक्ता अनन्तराम केसी सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन् । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ । अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लागेका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गरेका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लागेका हुन् ।

मनोशक्तिको खोजीमा देशका सबै जिल्लाको पैदल यात्रा गरेका केसीको अभियानलाई सफल बनाउन जोरपाटीमा वृहत छलफल गरी विभिन्न समितिहरु गठन गरिएको छ । सामाजिक अभियन्ता कुमारराज सुवेदीको संयोजकत्वमा मूल समिति र अन्य एक दर्जन बढी उपसमितिहरु गठन गरिएको छ ।

कार्यक्रममा संयोजक सुवेदीले विश्व रेकर्डको तयारी र यसले नेपालको चिनारीका लागि पार्ने प्रभावका बारेमा जानकारी दिएका थिए भने केसीले विगतको प्राविधिक त्रुटीलाई सच्याएर यसपक विश्व कीर्तिमान राख्ने दृढता व्यक्त गरेका छन् ।

केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् । उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिएका छन् ।

नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएपनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारतका अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij