मानसरोवर कैलाश दर्शन गर्न आएका भारतिय तिर्थयात्रीहरुको २ महिनामा ८ जनाको मृत्यु भएको छ । गत वैशाख २८ देखी मानसरोवर कैलाश दर्शन गर्ने भारतीय तिर्थयात्रीहरुको आवतजावत सुरु भएको हो । अहिलेसम्म ६ हजार चार सय ९० जना धार्मिक तिर्थयात्रीहरुले मानसरोवर दर्शन गरेका पाइएको छ । जस मध्ये ८ जना भारतीय तिर्थयात्रीले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुने अधिकांंश भारतीय तिर्थयात्रीहरुको लेक लागेर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर रञ्जित कुमार यादवले बताए ।
६२ वर्षीय लाल रोशन चिनको ताक्लाकोटमा जेठ १० मा मृत्यु भयो । यस्तै जेठ २३ मा ६९ वर्षीय प्रशोक्तम प्रभाकरण हिल्सामा, जेठ ३० मा ६९ वर्षकी त्रिवेनी अग्रवालको हिल्सामा लेक लागेर मृत्यु भएको हो ।
असार ४ मा ४५ वर्षका स्वामी रामानन्दपुरी महामणडेश्वरको चिनमा मृत्यु भएको थियो । यस्तै गरी असार १२ मा ६८ वर्षकी सिन सवरवाल हुम्लाको सिमकोटमा र असार १७ मा ६८ वर्षकी भिनिता संजय खेडेकर चिनमा मृत्यु भयो । त्यस्तै असार १८ मा ५६ वर्षीय लिला नारायण मन्डरदत्त हुम्लाको सिमकोट र असार १८ मा ६४ वर्षीय नारायण सुब्बा रोयको चिनको ताक्लाकोटमै मृत्यु भएको सिमकोट विमानस्थल सुरक्षा प्रहरी नायब निरिक्षक मदन शाहीले बताए ।