२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने माग सहित गणतान्त्रिक मोर्चाबाट विज्ञप्ति सार्वजनिक

गोविन्द केसीका माग सम्बोधन गर्नुपर्ने माग सहित गणतान्त्रिक मोर्चाबाट विज्ञप्ति सार्वजनिक

नेपालको स्वास्थ र शिक्षा क्षेत्रमा भैरहेको विसंगतिका विरुद्ध लामो समय देखि अनसन मार्फत स्वास्थ्य क्षेत्र सुधारको निम्ति उचित माग सहित अनसन मार्फत दवाव दिँदै आउनुभएका डा. गोविन्द केसीले विगतमा भएका सहमतिलाई कार्यान्वयनको लागि उठाएका मागहरु सम्बन्धमा देशभक्त गणतान्त्रिक मोर्चा नेपालले समेत विज्ञप्ति मार्फत ऐक्यवद्धता जनाएको छ ।

यस भन्दा अघि चौध पटक अनसन बसिसकेका हाड जोर्नी विभागका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी यस पटक कर्णालीको जुम्लामा अनसन बसेको एक हप्ता बितिसक्दा र निरन्तर दबाब दिइरहँदा समेत माग सम्बोधन गर्नुको साटो सरकारले पुरा गर्न सहमति गरेका विषयहरु समेत उल्टाउने गरी ओली नेतृत्वको सरकारले “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक”कै भुमिका खेल्ने “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक”लाई संसद सचिवालयमा दर्ता गर्नुले आगोमा घिउ थप्ने काम गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनसनमा रहेका डा. गोविन्द केसी सँग वार्ता गरी जायज मागहरु पुरा गर्नुको सट्टा उल्टो अनसनकारीलाई नै “अधिनायकवादी”को आरोप लगाउनुले यो सरकारको डा. केसी प्रतिको पुर्वाग्रही दृष्टिकोण स्पष्ट देखिने र यसबाट उनको जीवनरक्षामा थप खतरा पैदा हुने संभावना बढेको भन्दै यस स्थितिमा डा. गोविन्द केसीले उठाएका जायज मागहरु पुरा गर्न सरकारसँग मोर्चाले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij