अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धुलिखेलका इन्जिनियरलाई घूससहित रंगेहात पक्राउ गरेको छ ।
पनौती नगरपालिका-११ बल्थलीमा रहेको खानेपानी आयोजना (डीप बोरिङ)को उपभोक्ता समितिबाट एक लाख ३० हजार रुपैयाँ घूस लिंदै गर्दा इन्जिनियर शेखरनाथ खनाललाई हिमालयन यति कफी सप धुलिखेलबाट पक्राउ गरेको हो ।
इन्जिनियर खनालले अायोजनाको पहिलो किस्ताको काम सकिएपछि भुक्तानी गर्ने क्रममा सेवाग्राहीबाट घूस लिएको अख्तियारले जानकारी दिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij