२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

भरतपुर महानगरको गाडी तनहुँको आँबुखैरेनीमा दुर्घटना

भरतपुर महानगरको गाडी तनहुँको आँबुखैरेनीमा दुर्घटना

चितवनको भरतपुर महानगरपालिकाको गाडी तनहुँको आँबुखैरेनी गाउँपालिका४ पावरहाउस छेउबाट मर्स्याङ्दी नदी किनारमा खसेको छ ।

असार १७ गते आइतवार राति साँढे १ बजे दमौंली पुगेर नारायणगढ तर्फ आउँदै गरेको ना१झ १६०७ नम्वरको गाडी सडकबाट झण्डैं एक सय मिटर तल मर्स्याङ्दी किनारमा खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काले जानकारी दिए ।

गाडी भरतपुर महानगरपालिका वडा नः ११ बस्ने गणेश आचार्यले चलाएका थिए । दुर्घटनामा कोही पनि घाइते नभएको प्रहरी निरीक्षक रोक्काले बताए । ‘दुर्घटना भएको दिन हामीलाई पनि जानकारी भएन, गाडी सडकबाट तल झाडीमा कसैले नदेख्ने गरी खसेको रहेछ,’ प्रहरी निरीक्षक रोक्काले भने, ‘दुर्घटनाको भोलिपल्ट चालकले खबरगरेपछि मात्रैं जानकारी भयो, महानगरको गाडी कच्याककुचुक अवस्थामा छ, बल्लबल्ल तानेर ल्यायौं ।’

दुर्घटनामा परेको गाडी आँबुखैरेनी प्रहरीकोमा छ भने, चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij