२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

निषेधित क्षेत्रको विरोध : माइतीघरमा नेविसंघको प्रदर्शन

निषेधित क्षेत्रको विरोध : माइतीघरमा नेविसंघको प्रदर्शन

काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा विरोध प्रर्दशन गर्न नपाइने सरकारको निर्णयविरुद्ध नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विरोध प्रदर्शन गर्न पाइने सात स्थान तोकेको थियो । त्यसमा माइतीघर र रत्नपार्क परेको थिएन । नेविसंघले माइतीघरमा सभा र प्रदर्शन गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा केहीबेर प्रहरीसँग धकेलाधकेल भएको थियो । धकेलाधकेलका क्रममा नेविसंघका एक जना कार्यकर्ता घाइते भएका छन् ।

माइतीघरको प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी भएका थिए ।

प्रदर्शनकारीले ‘निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij