काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक केहीबेर पछि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहन ९:00 बजे बस्ने बैठकमा पार्टी विधान मस्यौदाका बारेमा छलफल हुने बुझिएको छ । 
यस अघि बसेको स्थायी समितिको बैठकले पार्टी बिधानका सम्बन्धमा आवश्यक सुझाव सहित मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिएको थियो । सो अनुसार सचिवालयले विधान मस्यौदा बैठकमा पेश गर्ने भएको छ । बैठकले पार्टी बिधानको टुंगो लगाउदै त्यसको छलफलका लागि स्थायी समितिमा पेश गर्ने भएको छ । सो पार्टीको स्थायी समितिको बैठक संभवत बिहीबार दिउसो बस्नेछ ।
आजको सचिवालयको बैठकले स्थायी समितिका छलफलका एजेण्डा समेत तयार गर्ने भएको छ । सरकारको कामको समीक्षा, पार्टीका बिभिन्न तहका एकीकरण लगायतका बिषयमा छलफल हुने बताईएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij