लोक गायीका चन्द्रा मरासिनी जुनाको नयाँ तिज गीत ‘भाग्यमानी छोरी’ सार्वजनिक भएको छ ।
आफ्नै शब्द रचनामा आफु स्वयम्ले आवाज दिएकी जुनाले गीतमा आफुलाई भाग्यमानी छोरी तथा बुहारीको रुपमा प्रस्तु्त गरेकी छन् ।
गीतलाई गायक जिज्ञासु पौडेल तिलकले लय दिएका छन् ।
हाईलाईट्स नेपालले बजारमा ल्याएको उक्त गीतमा राजु सापकोटा, निरु खड्का, गीता थापा, रुपा गौतम र दिवाकर भण्डारीको उत्कृष्ट अभिनय रहेको छ । त्यस्तै बाल कलाकार सम्राट गौतम र स्तुती गौतमको अभिनयले गीतमा सुनमा सुगन्ध थपेको छ ।
गीतको निर्देशन निरु खड्काले गरेका हुन् भने एरेन्ज कमल सौरागले गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij